अरुण तेस्रो निर्माणको लागि भारतीय कम्पनी अयोग्य ठहर
काठमाडौं, १ फागुन । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ठेक्काका लागि आवेदन दिएको भारतीय कम्पनी अयोग्य ठहर भएको छ । उक्त आयोजना आफुले बनाउनुपर्ने माग गर्दै अदालयत गएको भारतीय कम्पनी जयप्रकाश (जेपी) एसोसिएट्स अयोग्य ठहर भएको हो ।
प्राविधिक मूल्यांकनबाट हटाइएको उक्त कम्पनीले पाटन उच्च अदालतमार्फत् नयाँ प्रक्रिया रोक्ने प्रयास गरेको थियो । तर, अदालतबाट कम्पनीका पक्षमा आदेश आएन । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नीता गौतम दीक्षितको संयुक्त इजलाशले उक्त कम्पनीको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको छ ।
संखुवासभामा पर्ने आयोजना कार्यान्वयनका लागि स्थापना भएको एसजेभीएन अरुण थ्री पावर डेभलपमेन्ट कम्पनीले जेपी एसोसिएट्सलाई अयोग्य ठहर्याएको हो । उक्त आयोजना भारतको सतलज जलविद्युत् विकास निगम लिमिटेडले निर्माण गर्न लागेको छ ।
आयोजनाले १० नोभेम्बर २०१७ मा बाँध, मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डर नम्बर ४१६ मा जेपीले पनि आवेदन दिएको थियो । त्यसबाहेक ज्ञानोन इन्जिनियरिङ, पटेल इन्जिनियरिङ, हिन्दुस्तान कन्स्ट्रक्सन र टाटा प्रोजेक्ट्सको पनि आवेदन परेको थियो । प्राविधिक मूल्यांकनमै बाहिरिएको जेपी आफूलाई बिनाकारण प्रतिस्पर्धाबाट हटाइएको दाबी गर्दै अदालत गएको थियो ।
अरुण तेस्रोको कुल अनुमानित लागत एक खर्ब चार अर्ब रुपैयाँ छ । यो आयोजना भारतीय लगानीमा निर्माण हुँदैछ । आयोजनाका लागि २ मार्च २००८ मा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । र, सोही वर्षको जुलाईमा सर्वे अनुमति दिइएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












