प्रधानमन्त्री देउवाको राजीनामा हल्लाले सेयर बजार उकालो लाग्यो
काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने हल्लाले सेयर बजार उकालो लागेको छ । बजार खुलेदेखि नै झिनो अंकले घटिरहेको सेयर बजार परिसूचक अन्तिम ४० मिनेटमा दोहोरो अंकले उकालो लागेको हो । प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने चर्चा चलिरहेको छ । जसको असर सेयर बजारमा पनि देखिएको हो ।
आइतबार र सोमबार ओरालो लागेको नेप्से परिसूचक साताको चौथों कारोबार दिन उकालो लागेको छ। मंगलबार शिवरात्रीको सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन् । बुधबार नेप्से परिसूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेको छ।
नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बिगत केहि दिन देखि ३० करोड रुपैयाँ भन्दा कम रकमको कारोबार भईरहँदा बुधबार ३८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।
बुधबार १ सय ५५ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३८ करोड ६४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो कारोबार दिन भन्दा कारोबार रकम १४ करोड रुपैयाँ बढी हो। गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको हो।
१० समुहको कारोबारमा सात समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेका छन्। बैंक ५.६१, ट्रेडिङ ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलाविद्युत १८.२, बीमा १२१.५२ र लघुवित्त २०.५५ अंकले बढेका छन्।
फाइनान्स २.७९, उत्पादन मूलक ३.५६ र अन्य १.५४ अंकले घटेका छन्। आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












