‘विकास र व्यापारबीच सन्तुलन आवश्यक’
काठमाडौँ, १८ फागुन । परराष्ट्र सचिव शंकरदास बैरागीले आज विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै देश लाभान्वित हुनुपर्ने बताउनुभयो ।
सचिव बैरागीले अतिकम विकसित देशलाई पद्धतिगत रुपमा नै सहयोग एवं समर्थन हुनुपर्ने बताउँदै उनीहरुको क्षमतागत कमजोरीलाई दृष्टिगत गर्दै संगठनले गरेका विशेष प्रावधानको कार्यान्वयनमा महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
नायब मानवअधिकार उच्चायुक्त केट गिलमोरलाई आजै भेटेर सचिव बैरागीले मानवअधिकार संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै राष्ट्रसंघीय मानवअधिकार संयन्त्रसँग रचनात्मक सहकार्य गरिरहेको बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...