तरकारी र फलफूलका थोक बजार थपिँदै

ललितपुर, २० फागुन । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् ।
थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।
यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार शुरु गरिरहेका छन् । ठूला थोक बजार किसान र उपभोक्ता दुवैका लागि फाइदाजनक हुने उहाँको भनाइ छ । वाग्लेले भन्नुभयो, “एकातिर किसानले उत्पादनको राम्रो मूल्य पाउँछन् भने अर्कातिर उपभोक्ताले पनि ताजा र कम मूल्यमा तरकारी र फलफूल किन्न पाउँछन् ।”
देशका विभिन्न शहरमा सरकारको सहयोगमा २७ वटा थोक बजार सञ्चालनमा छन् । यीमात्रै पर्याप्त नभएपछि निजी क्षेत्रले पनि थोक बजार सञ्चालन गर्न थालेका हुन् । काठमाडौँ उपत्यकाको मनोहरामा केही समय पहिलेबाट निजी क्षेत्रले थोक बजार शुरु गरेको छ । उपत्यका बाहिर पनि यस्ता बजार धेरै छन् ।
उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा जनसंख्या बढ्दै छ, त्यहाँ ठूला थोक बजारको खाँचो छ ।” साना खुद्रा बजार जिल्ला कृषि विकास कार्यालयमा र अरु विभागमा दर्ता भएर सञ्चालनमा छन् । कालीमाटी तरकारी तथा फलफूल बजारको भने नियमन मन्त्रालय आफैँले गर्दै आएको छ । (रासस)
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












