पोखरा र निजगढ विमानस्थलले सरकारले विनियोजन गरेको रकम खर्च गर्न सकेनन्
काठमाडौं,२४ फागुन । राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।
अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष ०७४र०७५ को अर्ध वार्षिक समिक्षा गरेको छ । जसमा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको उल्लेख गरिएको छ ।
‘दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम नै सुरु नभएका कारण बजेट खर्च हुन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा जग्गा प्राप्तीको समस्या छ जसका कारण बजेट खर्च हुन नसकेको देखिएको छ । ’ बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।
बैकल्पिक अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलले पर्यटन क्षेत्रलाई माथि उठाउने विश्वासका साथ निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म यसको निर्माणमा खासै प्रगति हुन सकेको छैन ।
चालु आर्थिक वर्ष ०७४र०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, बजेट विनियोजन भएको ६ महिनासम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।
निजगढ विमानस्थलका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० को काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै यसका लागि आवश्यक १ सय १० बिगाहा जमीन अधिग्रहणको पनि प्रक्रिया अघि बढाइएको छ । डिटेल डिजाइन तयार गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट कार्य पनि प्रक्रियामा नै रहेको छ ।
साथै यस आयोजनाले अहिलेसम्म वन क्षेत्रको रुख कटान गर्नको लागि अनुमति पाएको छैन । जसका कारण पेरिमिटर सडक निर्माण पनि अघि बढ्न सकेको छैन ।
त्यस्तै पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका लागि यो वर्ष सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो आयोजना सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०११ मा नै यो आयोजनाको सुरुवात भए पनि अहिलेसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । यस आयोजनाका सरकार र चीनवीच ऋण सम्झौता भएको छ ।
निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय बिमानस्थलले भने चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब खर्च गरेको छ ।
सन् २०१५ मा आयोजना निर्माणको काम सुरु गरेर सन् २०१७ को डिसेम्बरसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, आयोजना निर्माणको काम अहिलेसम्म सकिएको छैन । चिनीयाँ ठेकेदार नर्थ वेस्ट सिभिल कम्पनीको ढिलासुस्तीका कारण काम अघि बढ्न सकेको छैन ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












