वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब
पर्सा, १२ चैत । दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ ।
आर्थिक वर्ष २०७४÷७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट रु दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने रु सात अर्ब ८० करोड ५३ लाख मुल्यको नेपाली उत्पादन निर्यात भएको छ ।
गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको तुलनामा ३२ गुणा अर्थात् रु दुई खर्ब ५१ अर्ब १९ करोड ३४ लाखभन्दा बढीको वस्तु आयात भएको थियो ।
आव २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा वीरगन्ज नाकाबाट रु ४३ अर्बभन्दा बढी मुल्यको वस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा वीरगन्ज नाकाबाट रु दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाख मुल्यको वस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी अर्थात् रु ४३ अर्ब ५३ करोड दुई लाख मुल्य बढीको वस्तु आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिनुभयो ।
उहाँले वीरगन्ज नाकाबाट चालु आवको आठ महिनामा ३२ गुणाले आयातमा वृद्धि भएको छ भने, निर्यातमा २३ प्रतिशतले कमी आएको बताउनुभयो ।
गत आवको साउनदेखि फागुनसममा रु १० अर्ब १० करोड २९ लाखको विभिन्न वस्तु निर्यात भएको थियो । चालु आवको सोही अवधीमा २२.७४ प्रतिशत अर्थात् रु दुई अर्ब २९ करोड ७५ लाखको वस्तु कम निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
नेपालमा उत्पादन भएका वस्तुको लागत खर्च बढी भएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले निर्यातमा कमी आएको पोखरेलको भनाइ छ । आयात बढ्दै जानु र निर्यात घट्दै जानुको मुख्य कारण सरकारको व्यापार नीति उद्योग मैत्री नहुनु रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ । उहाँले नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा करमा सरकारले कुनै सहुलियत नदिएको र भारतको तुलनामा नेपाली व्यापारीले महँगो व्याज दरमा ऋण लिनुपरेकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताउनुभयो ।
नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा सरकारले करमा छुट दिए तथा सस्तो दरमा बैंकबाट ऋण उपलब्ध गराए नेपाली उत्पादनको लागत खर्च कम हुनुको साथै हाल देखिएको व्यापार घाटालाई कम गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













