नेपाल र युनेस्कोबीचको सहकार्य बीसौँ वर्षमा
काठमाडौँ, १३ चैत । नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ ।
बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति निर्माण, गरिबी घटाउने र दिगो विकास तथा अन्तरसांस्कृतिक संवादमा योगदान गर्दै आएको छ ।
लैङ्गिक समानता एवं प्रौढ शिक्षामा विशेष ध्यान दिँदै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य उद्देश्य भएको युनेस्कोले गरेको पैरवीको परिणामस्वरुप राष्ट्रिय योजना आयोगले दशौँ पञ्चवर्षीय योजनामा सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरुको प्राप्तिप्रति नेपालको प्रतिबद्धतालाई पुनः जोड दिनाका साथै त्यससँग सम्बन्धित लक्ष्य निर्धारण गरेको थियो ।
औपचारिक एवं अनौपचारिक शिक्षासँग सम्बन्धित विषयमा तथ्यपरक निर्णय गर्न, योजना निर्माण एवं सेवा प्रवाहमा सहयोग पु¥याउन युनेस्कोले शिक्षा विभाग र अनौपचारिक शिक्षा केन्द्रमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको स्थापनामा पनि मद्दत गरेको थियो । दिगो विकास लक्ष्य नं ४ एवं शिक्षा २०३० कार्यक्रम हासिल गर्ने नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युनेस्कोले सबैका लागि साक्षरता एवं जीवनपर्यन्त सिकाइका अवसर प्रदान गर्न सरोकार भएकाहरुको क्षमता विकासमा सक्रियताका साथ काम गरिरहेको उक्त कार्यालयका नेपाल प्रतिनिधि क्रिष्टियन मानहार्ट बताउनुहुन्छ ।
सांस्कृतिक क्षेत्रमा सो कार्यालयले विविध समुदायबीच सांस्कृतिक विविधता र संवादको प्रवद्र्धधनका माध्यमबाट नेपालका मूर्त एवं अमूर्त समृद्ध सांस्कृतिक सम्पदाको जगेर्ना, संरक्षण एवं सुरक्षामा सहयोग प्रदान गरेको छ । कार्यालयले नेपालका चार विश्व सम्पदास्थलको संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
भूकम्पबाट क्षति पुगेका काठमाडौँ उपत्यकाका स्मारक क्षेत्रको पुनरुद्धार, गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै सो वरपरका बौद्धस्थलको संरक्षण, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता दुई प्राकृतिक विश्व सांस्कृतिक सम्पदास्थलले सामना गरिरहेका चुनौतीको हल गर्न सक्षम निकायलाई प्रदान गरिएको सहयोगलगायत पर्छन् ।
युनेस्कोले बुद्धको जन्म संकेत शिला, मायादेवी मूर्ति र अशोक स्तम्भजस्ता पुरातात्विक कलाकृति संरक्षणको समेत निरीक्षण गरेको तथा लुम्बिनी क्षेत्रका पवित्र उद्यान, खास गरेर मायादेवी मन्दिरमा गरिएको उत्खननबाट इशापूर्व छैटौँ शताब्दीको गौतम बुद्धको जीवनकालीन संरचनाको प्रमाण फेला पारेको छ ।
सञ्चार र सूचनाका क्षेत्रमा सो कार्यालयले पत्रकार, सामुदायिक सञ्चारमाध्यमसँग सम्बद्ध सञ्चारकर्मी तथा मानवाधिकार अभियानकर्मीको क्षमता विकास गरी अभिव्यक्ति स्वतन्त्रता र जनताको सूचनासम्मको पहुँच प्रवद्र्धन गर्दै आएको छ । पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताप्रतिको युनेस्कोको प्रतिबद्धताले ‘मिडिया’ विकासका क्षेत्रमा यसलाई अग्रणीकर्ताका रुपमा स्थापित गरेको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...













