भूकम्पपीडितलाई दोस्रो किस्ता असारसम्म दिने
काठमाडौँ, २० चैत (राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
भुसालका अनुसार हालसम्म एक लाख १४ हजार भूकम्पपीडितको निजी अवास निर्माण भइसकेको र तीन लाख ९० हजार निर्माणाधीन छन् । पुनःनिर्माणका क्रममा भूकम्पपीडितका आवास निर्माण गर्दा जोखिममा रहेका अशक्त र अपाङ्गतायुक्तलाई प्राथमिकता दिइने विषयमा छलफल भएको थियो । निजी आवास निर्माण कार्यविधिलाई सरलीकृत गरेर काम अघि बढाइने सहमतिसमेत बैठकमा भएको छ ।रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













