विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
बाबियाचौर, म्याग्दी, २९ चैत। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले रु एक करोड २५ लाख जुटाएका हुन् ।
बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम वैशाख १ गते स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।
विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधासम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरेको समाजका हङ्कङ अध्यक्ष गिरी शेरपुञ्जाले बताउनुभयो । हङ्कङबाट हालसम्म रु ३६ लाख ५० हजार सहयोग जुटिसकेको बताउँदै शेरपुञ्जाले अभियान जारी रहेको जानकारी गराउनुभयो ।
सहयोग संकलन अभियानका बेलायत संयोजक नक्कु पुर्जाले कक्षा कोठा, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षका लागि भवन निर्माण गर्न चन्दा दाताले सहयोग घोषणा गरेको बताउनुभयो । विद्यालयका पूर्व प्रअ दूतबहादुर गर्बुजाका अनुसार कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत छन् ।
वैशाख १ र २ गते मनाइने स्वर्ण जयन्ती समारोहको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












