बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा निर्माणाधिन अस्पताल भवन अलपत्र : दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम
इटहरी, ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।
उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिएको छ ।
अग्रिम रुपमा कन्सल्टेन्सी बापतको रु १४ करोड रकम भुक्तानी दिइसकिएको बताइएको छ । तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र छ । प्रतिष्ठानका उपकुलपति प्रा डा रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर उक्त भवन निर्माणबापत विनियोजित रकममध्ये रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकार पदाधिकारीहरुको आरोप छ ।
अस्पताल भवनको रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द गरिएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको छ ।
दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको प्रारम्भिक अनुमान छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













