ओली सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरी ३ रूपैयाँले बढ्यो
पेट्रोलमा १।५९ रूपैयाँ तथा डिजेलरमट्टितेलमा ३।४९ रूपैयाँ घाटा
सरकारले फेरि सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट कायम हुने
गरी भाषउ बढाएको हो।
सरकारले पेट्रोल, डिजेल तथा मट्टितेलमा सबैमा प्रतिलिटर ३(३ रूपैयाँको दरले मूल्य बढाएको हो। सरकारले हवाइ इन्धनमा समेत मूल्य बढाएको छ। हवाइ इन्धनमा स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रूपयाँले बढोत्तरी गरेको छ भने अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढाएको छ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा स्वचालित मूल्य प्रणाली अन्तरगत मूल्य बढाएको जनाएको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि हुँदै आएकाले निगम पनि तेलको भाउ बढाउन बाध्य भएको हो।
नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलका लागि उपभोक्ताले ११३ रूपयाँ तिर्नुपर्नेछ भने डिजल र मट्टितेलका ९५ रूपयाँ तिर्नुपर्नेछ।
नयाँ मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा १।५९ रूपैयाँ तथा डिजेलरमट्टितेलमा ३।४९ रूपैयाँ घाटा छ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा भने कुनै वृद्धि भएको छैन्। निगमलाई ग्यासमा प्रति सिलिन्डर १३९।३९ घाटा छ। निगमले ग्यासमामा भएको घाटालाई मूल्य स्थिरिकरण कोषबाट बेहोर्ने प्रस्ताव गरेको छ।
निगमका अनुसार १५ दिनमा उसलाई १८।६२ करोड रूपैयाँ घाटा हुनेछ।
मूल्य बढेपनि भारतीय उपभोक्ताको दाँजोमा नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशस् २२।७२ तथा २४।९५ रूपैयाँ सस्तो परिरहेको छ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












