सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी
पर्सा, २७ जेष्ठ । रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो ।
गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३ करोड ३४ लाख राजश्व संकलन गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब २२ प्रतिशत राजश्व बढी संकलन भएको कार्याय प्रमुख सूर्य सेढाईंले जानकारी दिए ।
उहाँले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु तीन अर्ब ८६ करोड ६ लाख बढी राजश्व संकलन भएको बताउनुभयो । भारतको कलकत्ता तथा विशाखापटन बन्दरगाहबाट नेपालका लागि मालसमान आयात बढेकाले भएकाले राजश्व पनि वृद्धी भएको हो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दश महिनामा करिब १० प्रतिशत बढी मालवस्तु आयात भएको सुख्खा भन्दरगाह सञ्चालनको जिम्मा लिएको हिमालयन ट्रमिनलसका प्रबन्धक विष्णुकान्त चौधरीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












