बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर
गाईघाट, उदयपुर, ३१ जेष्ठ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ ।
अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ ।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि गरेका छन् । रौतामाई गाउँपालिका फोक्सिङ्टारका हर्कसेर राई व्यापारीले चाउचाउको मूल्य प्रति प्याकेट रु २० बाट बढाएर रु ३५ तथा प्रति प्याकेट तेलको मूल्य रु ७० बाट बढाएर रु ९० भन्दाबढी गरेको बताउछन् ।
दिप्रुङ गाउँपालिका लिच्की राम्चेका सुदर्शन सापकोटा भन्छन्, “सुनकोशीमा बेलिब्रिज खोलेपछि नून, चाउचाउ, तेल, चिनी, चिया, चामललगायत वस्तुको भाउ दोब्बरले वृद्धि भयो ।”
बेलिब्रिज खोलेपछि ग्रामीण भेगका बासिन्दा महँगीको चपेटामा परेका लिच्की राम्चे प्राविका शिक्षक जगत खड्का बताउनुहुन्छ । बेलिब्रिज खोलिएसँगै यातायातका साधन सञ्चालन नहुँदा सामान ढुवानी गर्न बढी खर्च हुँदा दैनिक उपभोग्य वस्तु महँगो भएको हो ।
सुनकोशीमा अहिलेसम्म स्थायी पुल निर्माण हुन सकेको छैन । वर्षेनि वर्षायाममा बेलिब्रिज खोल्ने गरिएको छ । विसं २०५१ देखि निर्माण शुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोशी नदीमा २३ वर्ष बितिसक्दा पनि पक्की पुल निर्माण हुन सकेको छैन ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












