बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर
गाईघाट, उदयपुर, ३१ जेष्ठ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ ।
अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ ।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि गरेका छन् । रौतामाई गाउँपालिका फोक्सिङ्टारका हर्कसेर राई व्यापारीले चाउचाउको मूल्य प्रति प्याकेट रु २० बाट बढाएर रु ३५ तथा प्रति प्याकेट तेलको मूल्य रु ७० बाट बढाएर रु ९० भन्दाबढी गरेको बताउछन् ।
दिप्रुङ गाउँपालिका लिच्की राम्चेका सुदर्शन सापकोटा भन्छन्, “सुनकोशीमा बेलिब्रिज खोलेपछि नून, चाउचाउ, तेल, चिनी, चिया, चामललगायत वस्तुको भाउ दोब्बरले वृद्धि भयो ।”
बेलिब्रिज खोलेपछि ग्रामीण भेगका बासिन्दा महँगीको चपेटामा परेका लिच्की राम्चे प्राविका शिक्षक जगत खड्का बताउनुहुन्छ । बेलिब्रिज खोलिएसँगै यातायातका साधन सञ्चालन नहुँदा सामान ढुवानी गर्न बढी खर्च हुँदा दैनिक उपभोग्य वस्तु महँगो भएको हो ।
सुनकोशीमा अहिलेसम्म स्थायी पुल निर्माण हुन सकेको छैन । वर्षेनि वर्षायाममा बेलिब्रिज खोल्ने गरिएको छ । विसं २०५१ देखि निर्माण शुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोशी नदीमा २३ वर्ष बितिसक्दा पनि पक्की पुल निर्माण हुन सकेको छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












