विद्यालय तहको प्राविधिक शिक्षामा ५२ करोड अनुदान
काठमान्डाै । सहरकेन्द्रित प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न सरकारले चालू आर्थिक वर्षमा थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका २७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा सुरु हुने भएको छ । सरकारले विद्यालय तहबाटै सीपयुक्त जनशक्ति तयार गर्ने योजनाअन्तर्गत चालू आर्थिक वर्षमा २ निकायमार्फत प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी अनुदान वितरण गरेको हो ।
साविकको शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत विद्यालय तहका लागि सो अनुदान दिने गरी योजना बनाएको हो । सीटीइभीटीले मात्र यो वर्ष थप १२७ सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गरिसकेको छ भने साविकको शिक्षा विभागमार्फत पनि यो वर्ष नै थप १५० विद्यालयमा लगानी गर्ने गरी तयारी भइरहेको छ । यसअघि सीटीईभीटी र साविकको विभागमार्फत ४४९ विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिसकेको छ । हालसम्म सीटीईभीटीले ३९२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिसकेको नीति तथा योजना महाशाखाका प्रमुख प्रमोद आर्चायले जानकारी दिए ।
शिक्षा तथा जनशक्ति विकास केन्द्र (साविक शिक्षा विभाग)मार्फत थप १५० विद्यालयमा विस्तार गरिने योजना रहेको अधिकृत राजन शर्माले बताए । केन्द्रले कक्षा ९ देखि १२ सम्म बाली र पशुविज्ञानलाई प्राथामिकतामा राखेर चालू आर्थिक वर्षमा नियामित कार्यक्रमबाहेक थप १५० सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न लागेको उनले बताए । “यसका लागि उपकरण खरिद व्यवस्थापन र ३ सय शिक्षकका लागि ३२ करोड रुपैयाँ अनुदानसहित कार्यक्रम बनाउन लागिएको छ,” उनले भने, “यसअघि साविकको शिक्षा बिभागले २८४ सामुदायिक विद्यालयमामा बाली र पशु विज्ञान, संगीत, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ गरी ६ विषयमा प्राविधिक र व्यावसायिक शिक्षा सुरु गरिसकेको छ ।”
सीटीईभीटीले सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गदै आएको छ । यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरिसकेको छ । सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेटमध्ये ४.५ प्रतिशतमात्र प्राविधिक शिक्षाका लागि विनियोजन गरेको छ । सरकारले साविकको विभागमार्फत विद्यालय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना बनाएर धमाधम पूर्वाधारमा लगानी गरे पनि विद्यालयमा रहेका शिक्षक, प्रयोशाला र ओजीटी व्यवस्थापन र गुणस्तरीय पाठ्यक्रम स्तरीकरण गर्न सकेको छैन । सीटीईभीटीको तुलनाका विभागमार्फत सञ्चालन हुने प्राविधिक शिक्षाको व्यवस्थापन पक्ष कमजोर रहेको छ । यसरी हेर्दा प्राविधिक शिक्षा विस्तार र लगानी गदै व्यवस्थापन सुधार गदै लैजानुपर्ने देखिएको छ ।
सीटीईभीटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक–फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्तिमध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सीटीईभीटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसईई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












