विद्यालय तहको प्राविधिक शिक्षामा ५२ करोड अनुदान
काठमान्डाै । सहरकेन्द्रित प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न सरकारले चालू आर्थिक वर्षमा थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका २७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा सुरु हुने भएको छ । सरकारले विद्यालय तहबाटै सीपयुक्त जनशक्ति तयार गर्ने योजनाअन्तर्गत चालू आर्थिक वर्षमा २ निकायमार्फत प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी अनुदान वितरण गरेको हो ।
साविकको शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत विद्यालय तहका लागि सो अनुदान दिने गरी योजना बनाएको हो । सीटीइभीटीले मात्र यो वर्ष थप १२७ सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गरिसकेको छ भने साविकको शिक्षा विभागमार्फत पनि यो वर्ष नै थप १५० विद्यालयमा लगानी गर्ने गरी तयारी भइरहेको छ । यसअघि सीटीईभीटी र साविकको विभागमार्फत ४४९ विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिसकेको छ । हालसम्म सीटीईभीटीले ३९२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिसकेको नीति तथा योजना महाशाखाका प्रमुख प्रमोद आर्चायले जानकारी दिए ।
शिक्षा तथा जनशक्ति विकास केन्द्र (साविक शिक्षा विभाग)मार्फत थप १५० विद्यालयमा विस्तार गरिने योजना रहेको अधिकृत राजन शर्माले बताए । केन्द्रले कक्षा ९ देखि १२ सम्म बाली र पशुविज्ञानलाई प्राथामिकतामा राखेर चालू आर्थिक वर्षमा नियामित कार्यक्रमबाहेक थप १५० सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न लागेको उनले बताए । “यसका लागि उपकरण खरिद व्यवस्थापन र ३ सय शिक्षकका लागि ३२ करोड रुपैयाँ अनुदानसहित कार्यक्रम बनाउन लागिएको छ,” उनले भने, “यसअघि साविकको शिक्षा बिभागले २८४ सामुदायिक विद्यालयमामा बाली र पशु विज्ञान, संगीत, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ गरी ६ विषयमा प्राविधिक र व्यावसायिक शिक्षा सुरु गरिसकेको छ ।”
सीटीईभीटीले सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गदै आएको छ । यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट दिने निर्णयसमेत गरिसकेको छ । सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना ल्याए पनि समग्र शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेटमध्ये ४.५ प्रतिशतमात्र प्राविधिक शिक्षाका लागि विनियोजन गरेको छ । सरकारले साविकको विभागमार्फत विद्यालय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना बनाएर धमाधम पूर्वाधारमा लगानी गरे पनि विद्यालयमा रहेका शिक्षक, प्रयोशाला र ओजीटी व्यवस्थापन र गुणस्तरीय पाठ्यक्रम स्तरीकरण गर्न सकेको छैन । सीटीईभीटीको तुलनाका विभागमार्फत सञ्चालन हुने प्राविधिक शिक्षाको व्यवस्थापन पक्ष कमजोर रहेको छ । यसरी हेर्दा प्राविधिक शिक्षा विस्तार र लगानी गदै व्यवस्थापन सुधार गदै लैजानुपर्ने देखिएको छ ।
सीटीईभीटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक–फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्तिमध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सीटीईभीटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसईई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












