तिहारको मसला किन्नेको भीड, उपभोक्ता महँगो मूल्यमा किन्न बाध्य
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् ।
व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको बताउँछन् । एउटै मसलामा केजीमा सात सय रुपैयाँसम्मले बढेको छ । अधिकांश मसलाका आइटमहरूमा तिहारको समयमा मूल्य बढेको हो ।
ओखर, खुर्पानी र मखनामा प्रतिकेजी २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकेजी सात सय रुपैयाँसम्म बढेको छ । अन्जिर प्रतिकेजी पाँच सय रुपैयाँले बढेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउँनेछन् । यस्तै किसमिस प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष श्रेष्ठले जनाए । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ ।
पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो । यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।
दालचिनी प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । सरकारले प्रभावकारी अनुथमन गर्न नसक्दा पनि व्यवसायीले मनलाग्दी मूल्य बढाउने गर्छन् । यी सामाना आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको व्यवसायीहरू बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












