तिहारको मसला किन्नेको भीड, उपभोक्ता महँगो मूल्यमा किन्न बाध्य
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले तिहारको मसला बेचिरहेका छन् ।
व्यवसायीहरू आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको बताउँछन् । एउटै मसलामा केजीमा सात सय रुपैयाँसम्मले बढेको छ । अधिकांश मसलाका आइटमहरूमा तिहारको समयमा मूल्य बढेको हो ।
ओखर, खुर्पानी र मखनामा प्रतिकेजी २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकेजी सात सय रुपैयाँसम्म बढेको छ । अन्जिर प्रतिकेजी पाँच सय रुपैयाँले बढेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउँनेछन् । यस्तै किसमिस प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष श्रेष्ठले जनाए । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ ।
पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो । यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।
दालचिनी प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । सरकारले प्रभावकारी अनुथमन गर्न नसक्दा पनि व्यवसायीले मनलाग्दी मूल्य बढाउने गर्छन् । यी सामाना आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको व्यवसायीहरू बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












