केराको थामबाट आम्दानी
काठमान्डाैं । मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर÷घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले त्यस अवसरमा केराको थाम बेच्ने गरेका छन् ।
कोथा छाँट्न किसान तिहार पर्खने गरेका छन् । “अन्यबेला केरा गोडमेलका लागि कोथा छाँट्दा छाँटिएका कोथा मिल्काउनसँगै त्यसमा लाग्ने श्रम बराबरको पारिश्रमिक पनि दिनुपर्ने हुन्छ,” भङ्गाहा नगरपालिका–४ रामनगरका सत्यनारायण यादवले भन्नुभयो, “तिहारमा कोथा किन्न आउने आफैँले उखेल्ने गरेकाले मजदूरी दिन पर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा खेती गर्ने किसानले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न तिहार पर्खने गरेका छन् ।
करीब १० कट्ठा क्षेत्रफलमा लगाइएको केराबाट पछिल्ला तीन वर्षयता थामबाटै रु १५ देखि रु २० हजार अतिरिक्त आम्दानी हुने गरेको यादवले बताउनुभयो । लक्ष्मीपूजाका दिन बनाइने स्वागतद्वारका लागि उद्यमी, व्यापारीले केराखेती गर्ने किसानसँग अहिलेदेखि नै थामको बोलकवोल पक्का गर्न थालेका छन् । आफ्नो बारीका २०० कोथा अहिले नै बिक्री भइसकेको भङ्गाहा–४ थारूटोल बनराका हेमलालसिंह थारू बताउनुहुन्छ ।
बर्दिवास–९ पशुपतिनगरका सुरजसिंह कुशवाहा केराको गोडमेल र कोथा छाँट्न तिहार पर्खेको बताउनुहुन्छ । तिहार आउन एकसाता बाँकी छँदै शुरु भएको थामको बिक्री लक्ष्मीपूजासम्म चल्छ । धेरै गाँजिएपछि बोट छ्याँस्नै पर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्य बेला फाल्नुपर्ने थामबाटै अहिले भने अतिरिक्त आम्दानी गर्दैछन् ।
“केराको झ्याङमा बोट गाँजिएर केही बोट (थाम) उखेल्नु नै परेको थियो,” गौशाला नगरपालिका बटुवा बस्तीका विष्णु लामाले भन्नुभयोे, “अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्छ, बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न तिहार पर्खने गरेका छौँ ।” आफ्नो बारीका ४०० कोथा बिक्रीको बोलकवोल भइसकेको लामा बताउनुहुन्छ ।
तिहारमा करीब ४० हजार कोथा स्वागतद्वार निर्माणका लागि आवश्यक पर्ने महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ । तिहारमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट चाहिने मैथली परम्पराअनुसार जिल्लामा केराका थामको माग हुने गरेको छ । केराको थाममात्र तिहारमा रु २० लाखभन्दा बढीको कारोवार हुने गुप्ताले बताउनुभयो ।
व्यापारिक प्रतिष्ठानका सञ्चालक अहिले केराको थाम किन्न गाउँबस्ती पुग्न थालेका छन् । बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा, जलेश्वर नगरसहितका व्यापारिक प्रतिष्ठानका सञ्चालक केराको थाम खोज्न थालेका छन् । एकजोर केराको थाम रु २०० सम्ममा बिक्री हुने गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












