पोखरामा तिहारको लागि ८० प्रतिशत फूलको माग
पोखरा । यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ ।
पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा यी फूलहरु खपत हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।
फूलका लागि पोखरा आत्मनिर्भर बन्न सकेको छैन । पोखरामा तिहारको ८० प्रतिशत फूलको माग स्थानीय उत्पादनले धान्छ । बाँकी २० प्रतिशत भारतबाट आयात हुने नेपाल फ्लोरिकल्चर एशोसिएशन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।
उनका अनुसार तिहारमा पुष्प ब्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड रुपैयाँ भन्दा बढीको बेच्ने गरेका छन् ।
नेपाली फूल केही महंगो हुने भएकाले भारतबाट आयातीत नै बढी प्रयोग गरे भारतबाट फूलको आयात बढ्नसक्ने उनले बताए ।
मालाको १५०, थुङ्गाको ५ रुपैयाँ
यस वर्ष फूलको मालाको मूल्य सरदर एक सय पचास रुपैयाँ पर्ने भएको छ । नेपाली फूलको मालाको मूल्य एक सय पचास रुपैयाँ पर्ने एशोसिएशनका निवर्तमान अध्यक्ष द्वाले बताए । फूलको एउटा थुंङ्गाको मूल्य ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए । एउटा मालामा नेपाली फूल २८ देखि ३० थुङ्गा उनिने भएकाले त्यसको मालाको मूल्य एक सय ४० देखि १५० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।
भारतीय फुलको माला भने ३४ देखि ६० रुपैयाँको हाराहारीमा पर्ने द्वाले बताए । भारतीय फुलको थुङ्गा सानो हुने भएकाले मूल्य सस्तो भएको हो ।
यद्वपी थुंगाको मूल्य ५ रुपैयाँ तोकिए पनि फूल व्यवसायीबाहेक अन्य व्यवसायीले बढी पनि लिन सक्नेछन् ।
नेपाली फूलको माला नै लगाऔं
एशोसिएशनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाइलाई लगाई दिन आग्रह गरेको छ । एशोसियसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र माला पनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिँ उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ ।’
भोलिदेखि गोदावरी प्रदर्शनी र व्यापार मेला
हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा पोखरामा भोलिदेखी फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा भोलिदेखि पोखरामा प्रथम गण्डकी प्रदेश स्तरीय तथा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवम् व्यापार मेला २०७५ हुने भएको हो ।
कात्तिक १९ गतेसम्म सञ्चालन हुने मेला पोखरा सभागृहचोकस्थित पोखरा सभागृह हल प्राङ्गणमा हुने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ ।
मेलामा करिब ४ सय ५० प्रजातिका फूलहरु प्रदर्शनीमा राखिने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनका अनुसार मेलामा गोदावरी मुख्य आकर्षणको रुपमा रहनेछ भने तिहारे फूल (सयपत्री), सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी रहनेछन् ।
मेलामा ३५ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाकी अध्यक्ष सीता रानाले जानकारी दिइन् ।
‘पुष्प व्यवसाय प्रवर्द्धनका लागि पुष्प व्यापार मेला’ भन्ने मूल नाराका साथ हुने मेलाको ९० प्रतिशत तयारी पूरा भएको एशोसिएशनले जनाएको छ । मेलाको मूख्य उद्देश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकषिर्त गर्नु, स्वदेशी फूलको प्रयोगमा जोड दिनु र ब्यापार बढाउँदै विदेश निर्यात गर्नसक्ने वातावरण बनाउनु रहेको एशोसिएशनका निवर्तमान अध्यक्ष द्वाले स्पष्ट पारे ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












