टिमुर खेतीबाट मनग्य आम्दानी
बेनी। बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गरेका हुन्।
“पचास बोटले अहिले फल दिन्छ, ६०० बिरुवा नयाँ छन्, खेर गएको बाँझो जमीन, पाखोसँगै खेतीयोग्य जमीनमा समेत टिमुर खेती विस्तार गरेको छु’’, उहाँले बताए । टिमुरको फलसँगै नर्सरी स्थापना गरी बिरुवासमेत बिक्री गर्दै आएका बानियाँले वार्षिक रु सात लाखभन्दा बढी गाउँमै बसेर आम्दानी गर्दै आएका छन् । प्रशोधन गरी ए, बी र सी वर्गको टिमुरलाई क्रमशः प्रतिकिलो रु दुई हजार ४००, रु दुई हजार २०० र रु एक हजार ८०० का दरले बिक्री गरिँदै आएको छ ।
यहाँका कृषकले नगदे बालीका रुपमा टिमुर रोप्ने अभियान थालेका छन् । बोटमा फलेको टिमुर बजारीकरणका लागि फल टिप्दै गरेका चन्द्र नेपालीले नौ पाथी बिक्री गरिसकेको बताएका छन् । “व्यापारीले घरमै आएर किनेर लगे, थप विस्तार गर्ने योजनामा छु,” उनले भने । टिमुर खेती गरीबी निवारणको गतिलो माध्यम बन्न थालेको छ ।
खेतीयोग्य जमीनको आवश्यक नपर्ने र उपयोगमा ल्याउन नसकिने ढुङ्गैढुङ्गाको ढाडमा समेत टिमुरको बोट हुर्कने गरेको छ । टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि बेनपा–९ तोरीपानी, काफलबोट, डाबा, ढोलढान, ओखरबोट, स्यालीखेत, तुसारेपानी, गिठीनी, नेप्टेचौरलगायत ठाउँमा व्यावसायिक रुपमै टिमुर खेती गर्नेको लहर चलेको छ । तोरिपानीका भरत केसीले यसै वर्षदेखि धानखेती हुने जग्गामा ६०० बोट टिमुर रोप्नु छन्। । यस्तै इब गिरीले ४०० र पुन्य चोखालले ५०० टिमुरका बोट लगाएका छन् ।
घतानका १५० भन्दा बढी परिवारले व्यावसायिक रुपमा टिमुर खेती गर्दै आएका छन् । सामुदायिक वनमा समेत टिमुर खेती विस्तार गर्ने अभियान थालेको नीलपहरा सामुदायिक वनका अध्यक्ष सागर बानियाँले बताए । निलपहरा र तुसारेपानी महिला सामुदायिक वनमा सात÷सात सय टिमुरका बोट रोपिएका छन् ।
टिमुरको माग बढेपछि कृषक उत्साहित छन् । टिमुरको स्थानीय बजारदेखि विदेशबाट माग हुन थालेको छ । टिमुर खरीद गर्न व्यापारी घर–घरमै पुग्न थालेका छन् । विदेशबाट समेत माग आउने क्रम बढेपछि सामुदायिक वन तथा व्यक्तिगत जग्गामा टिमुर खेती गर्ने लहर बढेको बानियाँले बताएका छन्। । “यस वर्ष कोरियामा एक क्विन्टल टिमुर निर्यात ग¥यौँँ, फ्रान्समा दुई क्विन्टल पठाउँदैछौँ, विदेशबाट आठ क्विन्टल टिमुरको माग आएको छ, उत्पादन नभएपछि माग पु¥याउन सकेनौँ”, बानियाँले भने ।
यस वर्ष असिनाका कारण उत्पादनमा कमी आउने किसान बताउँछन् । स्थानीय व्यापारीले बढी मूल्य दिन थालेपछि किसानले स्वदेशमै टिमुर बिक्री गर्न थालेका छन् । यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया, अमेरिका, जापान, जर्मनीलगायत देशमा निर्यात गरिँदै आएको छ । यस वर्ष घतानमा मात्र करीब ४५ क्विन्टल टिमुर उत्पादन भएको थियो । टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइमा टिमुरको खेती उत्तम मानिन्छ ।
केही वर्षअघिसम्म बोटबाट टिपेर फल सुकाएर बिक्री गर्दै आएका यहाँका कृषकले अहिले प्रशोधन गरेर टिमुर बिक्री गर्न थालेका छन् । जिल्ला वन कार्यालयले अनुदानमा रु १० लाख बराबरको ग्रेडिङ, सुकाउने, पिस्ने, तौल लिने र लेबलिङ गर्ने उपकरण उपलब्ध गराएपछि कृषकले गाउँमै प्रशोधन गरेर टिमुर बिक्री गर्न थालेका छन् । किसानले टिमुरको बिरुवा बिक्रीबाट समेत पर्याप्त आम्दानी गर्न थालेका छन् । प्रशंसा बहुउद्देश्यीय फलफूल तथा जडीबुटी नर्सरीका सञ्चालक सागर बानियाँ यस वर्ष ५१ हजार टिमुरको बिरुवा बिक्री गरेको बताउछन्। उनले आफ्नै नर्सरीबाट १८ हजार बिरुवा बिक्री गरेका हुन्। टिमुरको प्रतिबिरुवा रु ५० देखि रु ५५ सम्ममा बिक्री हुने गर्छ । “यस वर्ष ५० हजारभन्दा बढी बिरुवाको माग आएको छ,” उनले बताए।
रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












