उद्योगमा धुलो मापन यन्त्र जडान
काठमान्डाैं । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो ।
स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले प्राविधिक टोली धुलो मापन यन्त्र जडान गर्न पठाएको थियो । प्राविधिक टोलीले उद्योगबाट निस्केको धुलोको मापन थालेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । सो टोलीले प्रदेश सरकार, घोराही उपमहानगरपालिका र धुलो प्रभावित क्षेत्रका नागरिकसँग सहकार्य र समन्वय गरी धुलो सङ्कलनका लागि उपकरण जडान गरेको हो । “प्रदूषण भए÷नभएको जाँच गर्न नमूना सङ्कलन गरी मङ्सिर पहिलो साता भित्र रिपोर्ट सार्वजनिक गरिनेछ,” वातावरण निरीक्षक पौडेलले भने ।
अठार करोड लगानी
कृषि क्षेत्रमा पछिल्लो चार वर्षमा समूह तथा सरकारीमार्फत करीब रु १८ करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामार्फत जिल्लाका ७८ उपआयोजनामा सो लगानी गरिएको अनुगमन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार २४ समूह, ३६ सहकारी उद्यमी, २१ प्रशोधन तथा बजारीकरण आयोजनामा लगानी गरिएको छ । आयोजनाले फलफूलतर्फ केरा र मेवा, कृषि उत्पादनतर्फ मह, च्याउ, आलु, मसला, अदुवा र बेसार खेती तथा ती कृषि उपजको बजारीकरणका लागि पूरक अनुदानका रुपमा लगानी गरेको छ । आयोजनबाट पाँच हजारभन्दा बढी किसान व्यावसायिक बनेको शर्माको भनाइ छ । कार्यक्रमको स्वरुपअनुसार रु तीन लाखदेखि रु तीन करोडसम्म ती आयोजनामा लगानी गरिएको छ । “आयोजनामार्फत अर्को वर्षका लागि २० समूहमार्फत रु दुई करोड बराबरको कार्यक्रमका लागि सम्झौता भइसकेको छ । नौ सहकारीका लागि रु एक करोड ५० लाखको सम्भौता प्रक्रियामा रहेको छ,” शर्माले भने ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












