उद्योगमा धुलो मापन यन्त्र जडान
काठमान्डाैं । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो ।
स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले प्राविधिक टोली धुलो मापन यन्त्र जडान गर्न पठाएको थियो । प्राविधिक टोलीले उद्योगबाट निस्केको धुलोको मापन थालेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । सो टोलीले प्रदेश सरकार, घोराही उपमहानगरपालिका र धुलो प्रभावित क्षेत्रका नागरिकसँग सहकार्य र समन्वय गरी धुलो सङ्कलनका लागि उपकरण जडान गरेको हो । “प्रदूषण भए÷नभएको जाँच गर्न नमूना सङ्कलन गरी मङ्सिर पहिलो साता भित्र रिपोर्ट सार्वजनिक गरिनेछ,” वातावरण निरीक्षक पौडेलले भने ।
अठार करोड लगानी
कृषि क्षेत्रमा पछिल्लो चार वर्षमा समूह तथा सरकारीमार्फत करीब रु १८ करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामार्फत जिल्लाका ७८ उपआयोजनामा सो लगानी गरिएको अनुगमन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार २४ समूह, ३६ सहकारी उद्यमी, २१ प्रशोधन तथा बजारीकरण आयोजनामा लगानी गरिएको छ । आयोजनाले फलफूलतर्फ केरा र मेवा, कृषि उत्पादनतर्फ मह, च्याउ, आलु, मसला, अदुवा र बेसार खेती तथा ती कृषि उपजको बजारीकरणका लागि पूरक अनुदानका रुपमा लगानी गरेको छ । आयोजनबाट पाँच हजारभन्दा बढी किसान व्यावसायिक बनेको शर्माको भनाइ छ । कार्यक्रमको स्वरुपअनुसार रु तीन लाखदेखि रु तीन करोडसम्म ती आयोजनामा लगानी गरिएको छ । “आयोजनामार्फत अर्को वर्षका लागि २० समूहमार्फत रु दुई करोड बराबरको कार्यक्रमका लागि सम्झौता भइसकेको छ । नौ सहकारीका लागि रु एक करोड ५० लाखको सम्भौता प्रक्रियामा रहेको छ,” शर्माले भने ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












