मूल्य घटाएर चिनी बिक्री
काठमान्डाैं । दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो । कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उपलब्ध गराउन थालेको चिनीको बिक्री मूल्य साबिकको भन्दा रु दुई घटाएर प्रतिकिलो रु ६८ तोकिएको कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।
सुपथ मूल्य पसलमा यसअघि चिनीको बिक्री मूल्य प्रतिकिलो रु ७० तोकिएको थियो । नुन भने साबिकमा तोेकिएअनुसार नै प्रतिकिलो रु १८ मा बिक्री गर्ने व्यवस्था गरिएको छ । ‘‘चिनीमा सरकारको अनुदान छैन, घाटा व्यहोरेर भए पनि कर्पोरसनले उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा उपलब्ध गराउन थालेको हो,” उनले भने । कर्पोरेसनले सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको बेलौरी र भीमदत्तनगर, डडेलधुरा र डोटीको दीपायल तथा बैतडीको पाटनमा असोज १४ गतेदेखि नुन र चिनीको सुपथ मूल्य पसल सञ्चालमा ल्याएको हो ।
तराईका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २२ तथा चिनी प्रतिकिलो रु ७५ देखि रु ८० सम्म तथा पहाडका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २५ तथा चिनी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । कर्पोरेसनले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने र केही हदसम्म बजार मूल्यलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । कर्पोरेसनले नुन प्रतिकिलो रु २० मा बिक्री गर्दै आएकामा सुपथ मूल्य पसलमा प्रतिकिलोमा रु दुई घटाएर बिक्री गर्ने व्यवस्था गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












