युवा स्वरोजगार कोषको करोड जोखिममा
काठमान्डाैं। भाखा नाघेको २७ करोड उठाउन नसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थानीय र केन्द्र सरकार गुहारेको छ।बेरोजगार युवालाई स्वरोजगार बनाउने भन्दै दुई लाखका दरले लगानी गरेको सात अर्ब ७३ करोड चार लाख २५ हजारमध्ये २७ करोड पाँच लाख ६४ हजार पाँच सय ७९ रूपैयाँ कोषले उठाउन सकेको छैन।
बाबुराम भट्टराई अर्थमन्त्री हुँदा युवालाई स्वरोजगार बनाउन सुरू भएको यो कार्यक्रमबाट दस वर्षमा ५८ हजार तीन सय ४३ जना स्वरोजगार बनेको कोषको तथ्यांक छ।कोषले सहकारी संस्थामार्फत् युवालाई लगानी गरेको थियो।
‘समयमै कर्जा चुक्ता नगर्ने सहकारी संस्थाका पदाधिकारी र व्यवसायीलाई कानुनी कारबाही भइरहेको छ’, कोषकी सूचना अधिकारी सम्झना वाग्लेले भनिन्, ‘उनीहरूको अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र राहदानी रोक्का गर्नेलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’लामो समय कर्जा चुक्ता नगरेका केही युवा स्थानीय तहमा जनप्रतिनिधि भए।
‘तीन किस्ता भाखा नाघेपछि मात्रै पत्राचार गर्छौं। एक हजार पाँच सय व्यक्तिको जग्गा रोक्का गर्न मालपोतहरूलाई भनिसकिएको छ’, कोषमा कानुन तथा असुली शाखा हेर्दै आएका ज्ञानहरि देवकोटाले भने, ‘जग्गा रोक्का गरेर पनि नहुने रहेछ। खेती गर्न पाएकै छ, खान पाएकै छ।’कर्जा चुक्ता नगर्नेलाई सरकारी सेवा सुविधा रोक्का गरिदिन स्थानीय सरकारलाई पत्राचार गरिएको उनले बताए। जनप्रतिनिधिले कोषको रकम चुक्ता गर्न सघाएका छन्।
‘कोषको रकम लिएर चुक्ता नगर्ने जनप्रतिनिधि भएछन्। कर्जा चुक्ता नगर्दा उनीहरू पनि अप्ठ्यारोमा परे। अहिले धमाधम कर्जा चुक्ता हुँदैछ’, कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले भने, ‘चार वटा सहकारीले करोड बढी रकम तिर्नुपर्ने छ, तिरिराखेका छैनन्।’कोषले लगानी निर्देशिका बमोजिम मात्रै लगानी गरेको दाबी गरे पनि राष्ट्रिय सतर्कता केन्द्रले भने कोषमा अनियमितता र भ्रष्टाचार देखाएको छ। कोषले स्वरोजगार बनाएको दाबी गरेको ५८ हजार संख्या पनि सही नभएको केन्द्रको प्रतिवेदनमा भनिएको छ।
कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगाल सतर्कताको प्रतिवेदन सत्यको नजिक पनि नपुगेको दाबी गर्छन्।‘सहकारीको लगानीबारे कडा अनुगमन गरिन्छ। सतर्कताले ५१ करोड भाखा नाघेको देखाए पनि २७ करोडमात्रै भाखा नाघेको रकम हो, सतर्कताको प्रतिवेदन सत्यको नजिक पुगेको छैन’, उनले भने।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












