फूलको व्यापार बढ्यो
काठमान्डैां । भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ ।
कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आक्रषित हुन थालेका छन् । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फूटकर व्यापारीको सङ्ख्या पाँच सयको हाराहारीमा छ ।
व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । अहिले बजारमा भारतबाट आयत गरिएका रङ्गीचङ्गी प्लास्टिकका फूलले समेत बजार पाएको छ । यस्ता कृत्रिम फूल बेच्ने व्यापारीको सङ्ख्या समेत यहाँ अत्यधिक छ । व्यापारीले भाइटिकालाई लक्ष्य गरी काठमाडाैँ, पोखरा, नारायणघाट, भैरहवा लगायतका जिल्लामा मखमली फूल बिक्री गर्ने गरेका छन् ।
व्यापारीले तिहार पर्वलाई लक्ष्य गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ४० लाख बराबरको दुई लाख ७८ हजार किलो फूल आयात गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले फूल आयातबाट रु सात लाख राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ६३ लाख मूल्य बराबरको दुई लाख ३४ हजार किलो फूल आयात गरिएको थियो भने रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको थियो । फूलमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । यसैबीच वीरगञ्ज भन्सार भएर व्यापारीले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भारतबाट रु चार करोड २० लाखको स्याउ र केरासमेत आयात गरेका छन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












