सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी
काठमाडैाँ । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।
विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको सिंहले जानकारी दिए ।
यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग रहेका समावेश छन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक उद्योग रहेका छन् । त्यसपछि कृषि तथा वन पैदावरका उद्योग पर्दछन् । सङ्ख्यात्मकरूपमा कम भए पनि ऊर्जामा लगानी बढेको सिंहले जानकारी दिएका छन् ।
दर्ता भएका उद्योगमा लगानीको अवस्था हेर्दा ऊर्जामूलक उद्योगमा ५५ दशमलव ३१ प्रतिशत, उत्पादनमूलक उद्योगमा २३ दशमलब ६० प्रतिशत, सेवामूलक उद्योगमा आठ दशमलव ६२ प्रतिशत लगानी छ । पर्यटन उद्योगमा भने न्यून लगानी (छ दशमलब ६८ प्रतिशत) रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । अन्य उद्योगमा लगानी न्यून छ । नेपालका यी उद्योगले ३१ लाख ८१ हजार ८१ हजार ४९६ जनालाई रोजगारी दिएको महानिर्देशक सिंहको भनाई छ ।
विदेशी लगानी रु दुई खर्ब ६८ अर्ब
विभागले दिएको जानकारीअनुसार चार हजार ५०० उद्योगमा कूल रु दुई खर्ब ६८ अर्ब विदेशी लगानी रहेको छ । विदेशी लगानीमध्ये २८९ ठूला उद्योगमा रु एक खर्ब ९० अर्ब, ४०० मझौला उद्योगमा २६ अर्ब र तीन हजार ७९० उद्योगमा रु ५१ अर्ब लगानी रहेको महानिर्देशक सिंहले जानकारी दिएका छन ।
असार मसान्तसम्ममा विदेशी लगानी स्वीकृतिका हिसाबले सबैभन्दा बढी सेवामूलक उद्योगमा छ । जसअन्तर्गत एक हजार ५०२ वटा उद्योग दर्ता छन् । दोस्रोमा पर्यटनतर्फ एक हजार ३७१ होटल रेष्टुरेन्टमा लगानी छ । उत्पादनमूलक उद्योग एक हजार १०६ रहेको विभागले जनाएको छ । यसबाहेक ऊर्जा, निर्माण, खनिज तथा सूचना तथा सञ्चार क्षेत्रका उद्योगमा विदेशी लगानी रहेको विभागले जनाएको छ ।
लगानी प्रतिशत हेर्दा विदेशी लगानी पनि सबैभन्दा बढी ऊर्जा क्षेत्रमा ४६ दशमलव ०८ प्रतिशत छ । यस्तै उत्पादनमूलक उद्योगमा १७ दशमलव ९९ र सेवामूलक उद्योगमा १७ दशमलव ८२ प्रतिशत रहेको छ । पर्यटनमा ११ दशमलव ४ प्रतिशत छ भने अन्य क्षेत्रमा ५ प्रतिशत भन्दा कम छ ।
उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत् उत्पादन र ऊर्जाको पर्याप्तताले पनि वातावरण राम्रो रहेको जनाएको छ । रुग्ण उद्योग सञ्चालन, रोजगारदाता र मजदुरबीचको विवाद, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, कम गुणस्तरका उत्पादनले पनि अप्ठ्यारो अवस्था भने कायमै छ ।
सरकारले यसरी उद्योगको वातावरण राम्रो बन्दै गएको दाबी गरे पनि लगानी गर्ने वातावरण ‘डुइङ बिजिनेस’मा नेपाल पाँच अङ्कले तल झरेको विषयलाई आधार मान्दै व्यवसायीले भने अझै लगानी गर्ने वातावरण नभएको दाबी गर्दै आएका छन् । उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोपालप्रसाद तिवारीका अनुसार सरकारकै तथ्याङ्क हेर्दा पनि नेपालमा साना तथा मझौला उद्योगको हिस्सा ७६ प्रतिशत र रोजगारी भने ७४ प्रतिशत रहेको तर लगानीका हिसाबले हेर्दा साना उद्योगमा पाँच प्रतिशत मात्रै रहेकाले पनि ठूला उद्योग सञ्चालन नगरेसम्म रोजगारी वृद्धि गर्न सकिँदैन ।
आज उद्योग दिवस मनाइरहँदा उहाँले नेपालमा चलेका उद्योगमध्ये ५० प्रतिशत उद्योग पूर्ण क्षमतामा चल्न नसकेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । २०७१ सालदेखि आजको दिनलाई उद्योग दिवसको रूपमा सरकारले मनाउँदै आएको छ ।
कूल गार्हस्थ उत्पादनमा विगतमा उद्योगले १० प्रतिशतमाथि योगदान दिएकोमा अहिले पाँच प्रतिशतमा झर्नुले पनि सकारात्मक सङ्केत नभएको दाबी तिवारीको छ । राजश्वको योगदान भने सन् २००१ मा कूल गार्हस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा सन् २०१७ मा पुग्दा २४ प्रतिशत पुगेको भए पनि रोजगार विकास गर्ने क्षेत्रको योगदान घट्दै जानुले पनि सकारात्मक नदेखिएको उहाँ बताउनुहुन्छ ।
मुलुकभित्र उत्पादन वृद्धि गरी राजश्व बढाउन नसकिएको व्यवसायीको भनाइ छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नीतिगत समस्या रहेकाले पनि उद्योगको विकास प्रभावकारी हुन नसकेको भन्दै सरकार यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले सरकार परिणाममुखी कामका लागेको भन्दै पछिल्लो समयमा उद्योगमैत्री नीति ल्याउन प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले देखिएका समस्यामा निजी क्षेत्रसँग सहकार्यगर्दै समाधान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । यसमा सहकार्य गर्न समेत निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












