जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन
गलकोट, माघ १ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताउनुभएको छ ।
बागलुङ जैमिनी नगरपालिका–१ कुस्मिशेरामा आज सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवलाई सम्बोधन गर्दै उहाँले विकास र समृिद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएकले जनताको प्रत्यक्ष सहभागितामा मात्र त्यो सम्भव हुने बताउनुभयो ।
उपराष्ट्रपति पुनले कालीगण्डकी करिडोर र लोकमार्गले बागलुङको विकासमा ठूलो टेवा पु¥याउने उल्लेख गर्दै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “बागलुङको पर्यटन विकासमा सबैको सक्रिय योगदान आवश्यक छ ।”
उपराष्ट्रपति पुनले जिल्लामा रहेका पर्यटकीयस्थलको विकास र विस्तारमा यस्ताखाले मेला, महोत्सवले प्रवद्र्धन गर्ने धारणा व्यक्त गर्नुभयो ।
माघे सङ्क्रान्तिका अवसरमा जिल्लाको कलासंकृति संरक्षण, खेलकूद विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस २७ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ ।
‘कलासंकृति तथा खेलकूदको संवद्र्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय स्टल रहेको क्लबका अध्यक्ष सुरेश सुनारले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...