क्रिकेट: थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
काठमाडाैं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेकोे हो ।
पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन । त्यस्तै नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ । नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ । थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ । थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...