वीपी प्रतिष्ठानमा भर्ना भएका १६ जनाको कोभिड-१९ परीक्षण रिपोर्ट आयो
धरान । कोभिड–१९ कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ ।
प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ भर्ना भएका १३ जना गरी भएका १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।
उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको वीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । उनले शनिबार पनि तीनजना बिरामीको नमुना परीक्षणका लागि टेकु पठाइएको जानकारी दिए।
प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको बताए । संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण गरिएको छैन्। अहिले कोरोनाको आशंकामा प्रदेश १ का विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइस् उपचार गराइरहेको साहले जानकारी दिए।
आशंका गरिएकोको रिपोर्ट देखिएपीछ धरानको वातावरण केही सहज भएको छ । केही बिरामीको रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था नरहेकोले सचेत भएर घरमै बस्न इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले आग्रह गरे। उनले सुरक्षामा प्रहरी चौबिसै घण्टा खटिरहेको भएपनि सर्वसाधारणले लकडाउन उंलघन गरेको भन्दै दुखेसो पोखे।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...