राखेप सदस्य–सचिवमा रमेशकुमार सिलवाल नियुक्त
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई राखेप सदस्यसचिवमा नियुक्त गरेको हो। सिलवाल दोस्रोपटक सदस्यसचिव पदमा नियुक्त भएका हुन्।
यसअघि २०७६ असार २३ गते सिलवाल राखेप सदस्यसचिव पदमा नियुक्त भएका थिए।
सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने मुख्य लक्ष्यसहित राखेप सदस्यसचिवको पदभार ग्रहण गरेका थिए। समयमै साग सम्पन्न गरेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जित्न सफल भएका थिए।
तर, प्रतियोगिता सकिएको तीन महिना खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए। पदमुक्त हुने बेलासम्म खर्च विवरण सार्वजनिक नगरेपछि सिलवालको आलोचना पनि सुरू भएको छ। खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सिलवाल पदमुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असारमा खेलकुद विकास ऐन २०७७ प्रमाणीकरण गरेकी थिइन्।
प्रमाणीकरण गरेको सातौं दिनबाट नयाँ ऐन कार्यान्वयनमा आएको थियो। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सिफारिस समिति गठन गरी सदस्यसचिव नियुक्तिको प्रकृया अघि बढाएको थियो।
सिफारिस समितिले सिलवालसहित लीलबहादुर थापामगर र अञ्जु श्रेष्ठ गरी तीनजनाको नाम सिफारिस गरेको थियो।
यस्तै उपाध्यक्षमा शिव काेइराला नियुक्त भएका छन्।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...