समाजवाद उन्मुख र सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न संकल्प गराैँ- अध्यक्ष प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रचण्डले सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन्।
संविधान दिवसको अवसरमा शनिबार बिहान एक भिडियोमार्फत् शुमकामना दिँदै अध्यक्ष प्रचण्डले सबै नेपालीका लागि एउटा नयाँ सकंल्प गरेर देशलाई आर्थिक समृद्धिको, समाजवादउन्मुख राज्य बनाउनका निम्ति, सुशासनको निम्ति सबै दृष्टिकोणले समाजवादको भविश्य निर्माण गर्न संकल्प गर्ने दिनको रुपमा संविधान दिवस रहेको बताएका हुन्।
प्रचण्डले भिडियो सन्देशमा भनेका छन्,‘संविधान बनाउनका निम्ति त्याग,तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु र घाइतेरअपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जली एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।’
परिकल्पना गरेको समाजवादउन्मुख राज्यको कुरा निकै ऐतिहासिक र महत्वपूर्ण भएको बताएका छन्। सबै एक भएर राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा पनि एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए।
प्रचण्डले पार्टी भित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउँदै लैजाने बताएका छन् प्रचण्डले जनताले अपेक्षा गरेअनुसार व्यापकरुपमा विकास परियोजनाहरु अगाडि बढ्ने बताए।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...