चन्दा उठाएर नेकपा नेतालाई मासिक भत्ता
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएपछि आन्तरिक छलफल तीव्र पारिएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले पत्रकार सम्भेलनमा आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएको जानकारी गराएका थिए।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपामा तत्कालीन एमाले समूहबाट २४१ र तत्कालीन माओवादी समूहबाट २०० केन्द्रीय सदस्य छन्। पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकमा नयाँ चार जना मनोनयमा परेपछि नेकपा केन्द्रीय समिति ४४५ जना सदस्य रहेका छन्।
उनीहरुमध्ये केही राजदूत बनेका र मृत्यु भएका सदस्यको घटाउँदा करिब ४४० जना केन्द्रिय सदस्य हुन आउँछ। जसमध्ये पनि कतिपय केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद र मेयर बनेकाको संख्या घटाउँदा करिब २५० जनालाई जीवन निर्वाह भत्ता दिनुपर्ने नेकपा वृतमा चर्चा छ।
मासिक भत्ता, ६२ लाख खर्च
अहिले नेकपाले केन्द्रीय सदस्यलाई न्यूनतम् १५ हजार र अधिकतम् २५ हजार रुपैयाँ भत्ता दिनेबारे छलफल चलाएको छ । नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये करिब २ सय ५० जनालाई मासिक भत्ता दिनुपर्ने अवस्था छ । अर्थात् मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएकाहरूले भत्ता पाउने छैनन् ।
नेकपाका नेताहरूको भनाइअनुसार करिब २ सय ५० जना त्यस्तो सुविधा नपाउनेहरू छन् । त्यसअर्थ, उनीहरूले मात्रै मासिक निर्वाहभत्ता पाउनेछन् । त्यसरी हेर्दा २ सय ५० जनालाई मासिक न्यूनतम् १५ हजार दिने हो भने पनि नेकपाले मासिक ३७ लाख ५० हजार खर्च हुन्छ । र, २५ हजार रुपैयाँ दिने हो भने ६२ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ ।
नेतालाई भत्ताको स्रोत चन्दा ?
नेकपाका केन्द्रीय सदस्यलाई दिने भत्ताको स्रोत अहिलेसम्म खुलेको छैन । हुन त, सचिवालयले भत्ता दिने औपचारिक निर्णय गरिसकेको छैन र त्यसका लागि कार्यविधि पनि बनेको छैन । नेकपाका एक नेताका अनुसार सांसदबाट मासिक रूपमा लिने लेबी र नेता कार्यकर्ताबाट उठ्ने लेबी नै प्रयाप्त हुनेछ । तर, कार्यकाल सञ्चालन तथा नेताहरूको भत्ताका लागि त्यो लेबी मात्रै प्रयाप्त हुनेछैन । जसले गर्दा पार्टीलाई चन्दा उठाउन थप प्रेरित गर्नेछ ।
सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको भनाइमा पूर्णकालीन कार्यकर्तालाई पहिलादेखि नै सहायता दिने गरेको थियो । त्यसैलाई थप व्यवस्थित र निरन्तता दिन लागेको हो । तर, प्रदेश र जिल्ला कमिटीका सदस्यका हकमा भने सम्बन्धित कमिटीले नै निर्णय गर्नेछ ।
प्रचण्डलाई चिया खर्च अढाई लाख
पूर्वमाओवादी केन्द्रले शान्ति प्रक्रियामा आएपछि पूर्णकालीन नेता कायकर्तालाई आर्थिक सहायता दिन छोडेको थियो । युद्धकालमा माओवादीले सुरुमा हरेक कार्यकर्तालाई ५ सय रुपैयाँ मासिक दिन्थ्यो ।
त्यसलाई पछि १५ सयसम्म पुर्याइएको थियो । शान्ति प्रक्रियामा आएपछि आर्थिक सहायताको कार्यविधि बनाउने भनिए पनि माओवादीले प्रक्रिया अगाडि बढाउन सकेन, बरु हेटौँडा महाधिवेशनमा नेता कार्यकर्तालाई श्रमसँग जोड्ने निर्णय लिएको थियो ।
तर, श्रमसँग जोड्नेभन्दा पनि चन्दा उठाएर जीवन चलाउने नेता कार्यकर्ताको संख्या बढिरह्यो । माओवादीले केन्द्रीय कार्यालयमा काम गर्ने करिब १७ जनालाई भने मासिक तलब दिने गरेको थियो । त्यतिबेला उनीहरूलाई १५ हजार ५ सयदेखि ३० हजारसम्म दिन्थ्यो । त्यतिबेला केन्द्रीय कार्यालयमा काम गर्ने प्रल्हाद बुढाथोकी, जोखबहादुर महरा, सन्तु दराईलगायतका नेताहरूले मासिक ३० हजार रुपैयाँ पाउँथे । ती १७ जनाका लागि मासिक करिब साढे ६ लाख खर्च हुन्थ्यो ।
यता, पुष्प कमल दाहाल ‘प्रचण्ड’को निवासमा चिया खर्च पनि पार्टीले व्यहोर्थ्यो । त्यसको खर्चको बिल पार्टी कार्यालयमा आउने अनि पार्टीले तिर्ने गर्दथ्यो । पूर्वमाओवादी स्रोतका अनुसार त्यतिबेला प्रचण्ड निवासमा चिया खर्चबापत मासिक करिब डेढदेखि अढाई लाखसम्म खर्च हुन्थ्यो ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...