सिङ्गो लुम्बिनी प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्वले दिन सक्छ: कृषि मन्त्री पौडेल
रुकुम पुर्व । लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्व) ले दिने बताउनुभएको छ । प्रदेशकै एकमात्र अर्गानिक जिल्ला रुकुम –पूर्व) ले दिने उत्पादनले प्रदेशभरीलाई नै धान्ने मन्त्री पौडेलले बताउनुभयो । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम –पूर्व) ले आयोजना गरेको स्थानीय तहसँग योजना तर्जुमा तथा दोस्रो चौमासीक प्रगति समिक्षा गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
यसै आर्थिक वर्षमा अर्गानीक जिल्ला घोषणा गरेको यस जिल्लाका कृषकहरुले व्यवसायीक रुपमा कृषिलाई अंगालेभने यहाँको उत्पादनले प्रदेशलाई धान्ने र अर्गानीक खानपानले मानीसलाई निरोगी बनाउने मन्त्री पौडेलको भनाई छ । यस जिल्लामा सबै प्रकारका कृषि र पशुपालनको सम्भावना राम्रो रहेको बताउदै यस्ता कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले हरसम्मको सहयोग गर्ने प्रतिबद्धता मन्त्री पौडेलले बताउनुभयो ।
यस्तै उहाँले कार्यक्रममा सहभागीहरुबाट अनुगमणको पाटो फितलो भयो भन्ने गुनासोलाई सम्बोधन गर्दै आगाम िदिनमा संयुक्त अनुगमणमा जाने योजना बनाएको र त्यसैअनुरुप सुधारको पटोलाई अगाडि बढाउने मन्त्री पौडेलले बताउनुभयो । “अहिले जिल्लामा साना कृषहरुलाई स्थानीय सरकारले हेरीराको छ”, मन्त्री पौडेलले भन्नुभयो, “प्रदेश सरकारले अलीकती ठुलो व्यवसाय गर्नेहरलाई मोटो रकम दिन्छ ।” त्यसैले कृषकहरुले पनि आफ्नो व्यवसाय कुन सरकारसँग बजेट मागनको लागि उपयुक्त छ, त्यो कुरामा ध्यान दिएर अुदान माग गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै मन्त्री पौडेलले प्रदेशका अन्य जिल्लालाई भन्दा यस अर्गानीक जिल्ला रुकुम –पूर्व) लाई सकारात्मक विभेद गरेर जैविक मलमा केहि अनुदान बढाउन सकिने कुरा कृषकहरुलाई जानकारीसमेत गराउनुभएको छ । कृषकलाई ब्याजमा अनुदान दिने नीति प्रदेश सरकारले लिएको भन्दै त्यसमा जोडिनसमेत उहाँले सबै कृषकलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रदेश सरकारले सहकारी विकास कोषको स्थापना गरेको छ भने प्रोत्साहन अनुदान, करार खेतीको नीती, कृषिकर्मी रोजगारलगाएतको व्यवस्था गरेको बताउनुभयो ।
अब भने कृषि र पशुको क्षेत्रमा काम भइरहेको ठाउँमा स्थलगत तालिम सञ्चालन गर्ने मन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा बसेर गरेको कुराले यहाँ काम गर्न सम्भव नभएको भन्दै ८० प्रतिशत व्यवहारीक र २० प्रतिशत शैद्धान्तीक कुरालाई लागु गर्दै कृषकको बारीमै पुगेर स्थलगत तालिमको व्यवस्था गरिने मन्त्री पौडेलले बताउनुभएको छ । यस्तै उहाँले यहाँको अर्गानीक उत्पादनले बजार पाउदैनी भन्ने कुरामा अन्योलमा नपर्न कृषकलाई अनुरोध गर्नुभएको छ । जिल्लामा कृषि उद्योग सञ्चालन गर्न प्रदेश सरकार सकारात्मक भएको पनि मन्त्रि पौडेलको भनाई छ ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...