आई एमई लाइफ इन्स्योरेन्सले दियाे ११ लाख मृत्यु दावी भुक्तानी
संखुवासभा । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
आईएमई लाइफ इन्सोरेन्सको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको आईएमई लाइफ लाइफ इन्स्योरेन्स शाखा कार्यालय खाँदबारीका प्रमुख कृष्ण श्रेष्ठले बताए ।
बीमित गिरी बैदेशिक रोजगारका सिलसिलामा श्रीलंकामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ गते १० लाख रुपैयाँको जीवन विमा गराएकी थिइन् ।
तेस्रो किस्ता बापत गिरीले १ लाख ९८ हजार दुई सय ७० रुपैया मात्र बुझाएकोमा उनको मृत्यु भएको थियो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो शाखा प्रमुख श्रेष्ठले बताए । मंगलबार खाँदबारीमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम मृतक दिलसाका बुबा चन्द्र बहादुर गिरीलाई हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दाबी रकम आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर १ का सह–संयोजक ओम प्रकास राई जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, उद्योग बाणिज्य संघ संखसवासभाका अध्यक्ष कृष्णभगत प्रधानको उपस्थितीमा हस्तान्तरण गरिएको हो । जीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई फाइदा पुग्ने जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताए । विमाको दायरा बढाउन सबै पक्ष हातेमाले गरेर लाग्नु पर्ने जिसस प्रमुख शाक्यले बताए ।
Comments
अरु समाचार
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...
-
गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)
गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि ...