संसदको रेकर्ड नेताको सहमतिमा हटाएपछि कांग्रेस नेता कोइरालाले जनाए आपत्ति
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदमा उठेको शंकास्पद अनिमियतासम्बन्धी रेकर्ड नेताको सहमतिमा हटाइँदा आपत्ति जनाएका छन्।
नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो आपत्ति जनाएका हुन्।
उनले विगतका अनियमितता कति दिन ढाक्न सकिएला र भन्दै प्रश्नसमेत गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्समा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र? हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौँ? के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो? संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन भन्ने कुरा बुझौँ।’
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको बताएका थिए।
दाहालको उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार एमालेले संसद् अवरुद्ध पारेको थियो।
शनिबार बिहान बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई पशुपति मन्दिरको जलहरीका विषयमा लगाइएको आरोप रेकर्डबाट हटाउने सहमति भएको थियो।
शनिबारै बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सोही कुरालाई लिएर नेता कोइरालाले आपत्ति जनाएका हुन्।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...