नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको लोकप्रियता बढ्दो
काठमाडौं । पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो । त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ ।
‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले यस खेलमा अन्य खेलको तुलनामा सङ्घ दर्ता गर्ने मात्रैभन्दा पनि युवा सक्रिय भएको देख्दा खुसी लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्केटिङ तथा स्केटबोर्डिङ खेल सुरुआत भएको छोटो समयमै पूर्वाधार निर्माणको सुरुआत भएको उल्लेख गर्दै यो खेल युवा वर्गमाझ लोकप्रिय हुँदै गएको बताउनुभयो ।
यस खेलको खेलस्थल निर्माण भौतिक संरचना निर्माण नेपालमा आधिकारिकरूपमा यस सङ्घको स्थापना भएपश्चात् यस खेलको खेलस्थल ९स्केटपार्क० को आवश्यकता महसुस गरी सन् २०१७ मा अमेरिकास्थित यस खेल विकासमा योगदान गर्दै आइरहेको ‘मेक लाइफ स्केट लाइफ’ संस्थाले काठमाडौँको ठमेलमा स्केटपार्क निर्माण गरेको थियो । त्यसपछि पोखरा रङ्गशालाभित्र तत्कालीन समयमा सन् २०१८ मा करिब एक करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण गरिदिएको र सो स्केटपार्कमा दुई वटा राष्ट्रिय च्याम्पियनसिप समेत सम्पन्न भइसकेको सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।
त्यसैगरी बुटवलको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्क निर्माण भइसकेको छ भने काठमाडौँ महानगरपालिकाले हालै मात्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्कको आवश्यकता महसुस गरी करिब रु सात करोड ५० लाख लागतको स्केटपार्क निर्माण गर्न सूचना प्रकाशित गरिसकेको छ ।
नेपालको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सहभागिता
सन् २०१६ मा नेपालले अन्तर्राष्ट्रिय स्केटिङ महासङ्घको सदस्यता हात पारेपछि २०१६ देखि हालसम्म नेपाललाई स्केटिङ खेलसँग आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अन्तर्राष्ट्रिय कंग्रेसहरू तथा यस खेलसँग सम्बन्धित अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले निरन्तर सहभागिता जनाइरहेको छ । सन् २०१६ मा नेपाललाई स्केटबोर्डमा पहिलोपटक राष्ट्रिय खेलाडी मिलन शाह ठकुरीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित एशियन प्लेट च्याम्पियनशीपको फ्रि स्टाइल स्केटबोर्ड विधामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सन् २०१७ मा नेपालले चीनमा आयोजना भएको एसियन स्केटबोर्डिङ च्याम्पियनसिपमा दुई खेलाडी मिलन शाह र रोनित देउला र प्रशिक्षकमा उज्ज्वल डङ्गोलले सहभागिता जनाएको सङ्घका सचिव सत्य थापाले जानकारी दिनुभयो । यसैगरी सन् २०१८ को एसियन गेम्समा नेपालले फ्रि स्टाइल स्केटबोर्ड विधामा सभागिता जनाउने अवसर पाएको र सो प्रतियोगितामा नेपालका तर्फबाट नेरिश थापाले प्रतिस्पर्धा गर्दै १०औँ स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सङ्घले वार्षिकरूपमा आयोजना गर्दै आइरहेको आफ्नो क्यालेण्डरअनुसारको जिल्ला, प्रदेश तथा राष्ट्रिय स्केटबोर्ड प्रतियोगितहरू नियमितरूपमा आयोजना गर्दै आइरहेको अध्यक्ष खनालले बताउनुभयो । यसपटक पनि छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसै आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले करिब ४५ जिल्लामा खेलिँदै आइरहेको दाबी गर्नुभयो ।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...