सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीको तीव्रता, अनुसन्धान टोली हङकङदेखि भारतसम्म
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी) ले तीब्रता दिएको छ । तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ ।
सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीलाई झिकाएर अनुसन्धानलाई तीव्रता दिएको हो । २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सू मार्फत लुकाएर भन्सार पास भएको उक्त ६० किलो सुन बरामद गरेको थियो ।
सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित तस्करी देखिएपछि अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो । हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर कुल २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा याहो पेचिङ्गसहित ६ जना चिनियाँ नागरिक, एक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र अर्का तिब्बती मुलका भारती नागरिकसहित अन्य नेपाली नागरिक छन् ।
उनीहरू माथिको अनुसन्धान गर्न अब सीआईबीसँग दुई हप्ताभन्दा कम समय छ । अनुसन्धान गर्न भारतदेखि हङकङसम्म सीआईबी टोली
सुन तस्करीको सन्जाल हङकङदेखि भारतसम्म देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा हङकङ र भारतमा समेत प्रहरी अधिकारी पठाएको छ ।
सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले भारतमा समेत शुक्रबार सीआईबीमै कार्यरत डीएसपी धर्म भण्डारीलाई पठाएको छ । सुन तस्करीको केन्द्र हङकङ रहेको र उक्त सुन नेपाल हुँदै भारत पुग्ने गरेको सीआईबीको दाबी छ ।
२५ जना पक्राउ गरेको सीआईबीले सुनका मालिक याहो पेचिङ रहेको दाबी गरेपनि सुन खरिद गर्ने मूख्य आरोपीसम्म भने अझै पुग्न सकेको छैन । सुन तस्करी प्रकरणमा सीआईबी बाहेक जिल्ला प्रहरी कार्यालय धुनकुटाका एसपी कृष्ण कोइराला, प्रहरीको विशेष ब्युरोका प्रमुख डीआईजी रामदत्त जोशी, प्रहरीको इन्टरपोल शाखा प्रमुख अनुपम जबरासमेतको टोली लागेको छ ।
त्यो बाहेक टेक्निकल विश्लेषण गर्ने टोलीसमेत ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् । सीआईबीले हाल पक्राउ परेको समूहले ठूलो मात्रामा सुन तस्करी गरेको आशंका गरेको छ ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...