ताजा समाचार

माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु

काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

शनिवार राति–११ बजे कुशे गाउँपालिका–१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएका रोकायको शव भेटिए पछि उनको मृत्युको पुष्टि भएको प्रहरीको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org