काठमाडौं महानगरपालिकाद्वारा ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमासमेत प्रयोग हुने गरेको छ ।
जन्मदेखि मृत्यसम्मका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ ९ऐला, ठोँ० लाई गुणस्तरीय मानिन्छ । यस्तो पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।
यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यस कार्यक्रमका बारेमा महानगरले नेवाः समुदायभित्रका विभिन्न गुठी तथा संघ संस्थाका प्रतिनिधिसँग छलफलसमेत गरिसकेको छ ।
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्ने बताउनुभयो । उहाँले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताउनुभयो ।
छलफलमा सहभागीले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिंदै, महानगरले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। एनआरजी स्टेडियममा आज सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
मौसम: कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा
काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको...
-
आजको राशिफलः २०८१ असार २१ गते शुक्रवार
मेषः परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो...
-
नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा...