निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो। उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाई हुने समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिएका छन्।
बैठकले सुनुवाईका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जनसहित पारित गरिएको जवराले बताए। संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।
विगत लामो समयदेखि नेपाल ल सोसाइटी नामक गैरसरकारी संस्थाको कार्यकारी निर्देशकको रुपमा क्रियाशील प्रधानको विरुद्धमा दुई वटा उजुरी उनको व्यक्तिगत चरित्रसँग सम्बन्धित अर्थात एक महिलासँगको सम्बन्धका विषयमा छन् भने अन्य दुई उजुरीको विषयमा समितिले कुनै जानकारी बाहिर ल्याएको छ।
गैरसरकारी संस्थामा क्रियाशील रहँदा विदेशी दातृ संस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रम गर्ने, गराउने गतिविधिमा सक्रिय रहँदै आएका प्रधान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि चोलेन्द्र शम्शेर राणासम्मै अत्यन्त निकटस्थ व्यक्तिका रुपमा परिचित छन्।
जसले श्रेष्ठदेखि राणासम्मको नियुक्तिपूर्व संसदीय सुनुवाई समितिको सुनुवाई प्रक्रियामा विनारोकटोक उपस्थित रहेर समितिको निर्णय औपचारिक रुपमा सार्वजनिक हुनुपूर्व नै समितिकै बैठक कक्षबाट सम्बनिधत उम्मेदवारका आफन्तलाई बधाईसहितको जानकारी दिने गर्दथे।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्। राष्ट्रपति...
-
प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले...
-
प्रधानमन्त्रीले राजीनामा नदिनु संविधान विपरीत, तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ । आइतबार संघीय संसद् भवनमा...
-
सप्तकोशीमा बहाव उच्चः कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो,तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको...
-
गाजापट्टीको एक विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु
जेरुसलेम । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएका...
-
मेलम्ची खोलामा बाढीका कारण बेलिब्रिज बगाउने खतरा
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ।...
-
एमाले बैठकमा आज विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने...
-
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ ।संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख...
-
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिए
धरान । सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख...