प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर तत्काल पदबाट राजिनामा दिन सुझाव दिएका छन। तर प्रचण्डले भने सत्ता लम्पट प्रवृत्ति देखाउदै प्रतिनिधि सभामा आफ्ना कुरा राख्ने र विश्वासको मत लिएर सरकार छाडनु परेपनि त्यसबेला छाडने बताएको एमाले निकट स्रोतले बताएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष ओलीेले पटक–पटक आफूलाई ढाँटेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्।
मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरिरहेको भन्दै त्यसलाई षड्यन्त्र भएको आरोप लगाएका छन। उनले तुरुप एउटा फाल्ने, काम अर्को गर्ने जो भएको छ, त्यो षड्यन्त्र हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले बताएका छन। उनका अनुसार ओलीको यो षड्यन्त्रलाई पार्टीले प्रतिवाद गर्ने निर्णय पनि भएको छ।
असार १७ गते सोमबार बिहान तीन घण्टाभन्दा बढी प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। सो भेटघाटका क्रममा ओलीले यही गठबन्धनलाई निरन्तरता दिएर जाने र कांग्रेससँग कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए। यदी सहमति हो भने जस्ताको तस्तै भन्नुस् भन्दा पनि दुई दिनसम्म लगातार उहाँले केहीपनि भएको छैन भनेर भन्नुभयो,हामी धेरै पछिसम्म मिलेर जाने भन्नुभएको थियो। राति जे सहमति भयो, त्यसले एक प्रकारको राजनीतिमा एकाथिर एउटा र अर्कोतिर अर्कोथरी भन्ने गरेको देखियो भनि बताएको पौडलले जानकारी दिएका छन।
त्यस्तै मंगलबार बिहान प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान आग्रह गरेका थिए। सो बारेमा पनि प्रचण्डले पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै भनेका छन। एकातिर एउटा सहमति गर्ने र अर्कोतिर बिहानै आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग मिलौँ भनेर हुन्छ र उनले भनेका छन।
माओवादी केन्द्रकै अर्का सचिव दिननाथ शर्माले पनि ओलीबाट आफूलाई पटक पटक ढाँट्ने काम भएको ब्रिफिङ प्रचण्डले गरेका थिए। उनका अनुसार वामपन्थी फुटाउनेगरी बाह्य शक्ति लागेको पनि प्रचण्डले सुनाएका थिए। ‘वामपन्थी फुटाउने खेलमा बाह्य शक्ति पनि लागेको देखियो, हामी नै हो, हामीनै मिलेर जाने हो, अहिले पार्टी एकताको कुरा गर्दा प्रोभोकेटिभ हुन्छ।’ सरकालाई नै निरन्तरता दिने भन्नेगरी प्रचण्डले सरकारका काम राम्रो बनाउन मंगलबार पनि भनेको छन। हिजो सरकारका काम राम्रो बनाउने भनेर प्रचण्डलाई मख्ख बनाएर गएको आरोप लगाएको सचिव शर्माले बताएका छन।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्। राष्ट्रपति...
-
प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले...
-
प्रधानमन्त्रीले राजीनामा नदिनु संविधान विपरीत, तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ । आइतबार संघीय संसद् भवनमा...
-
सप्तकोशीमा बहाव उच्चः कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो,तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको...
-
गाजापट्टीको एक विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु
जेरुसलेम । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएका...
-
मेलम्ची खोलामा बाढीका कारण बेलिब्रिज बगाउने खतरा
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ।...
-
एमाले बैठकमा आज विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने...
-
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ ।संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख...
-
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिए
धरान । सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख...