अल्ट्रा म्याराथन धाविका मीरालाई रु २८ लाखसहित सम्मान
दमक २२ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा उनलाई २८ लाख रूपैयाँ नगदसहितको सम्मान गरेको हो । बिहिबार स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्तरुपमा मीरालाई उक्त सम्मान रकमको चेक हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनको सहयोगमा उक्त रकम जुटाइएको थियो । त्यसैगरी, सोही कार्यक्रममा मीरालाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई दुई लाख तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । तेक्वान्दो डोजाङका संस्थापक अध्यक्षसमेत रहेका पूर्वब्रिटिस आर्मी दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीले उनको आर्थिक पाटोमा सघाएको बताए। नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमासमेत उनी परेकी छन्। भोजपुर जिल्लाको सानोदुम्मा घर भएकी २६ वर्षीया मीरा शान्ति सम्झौतापछि माओवादी लडाकूबाट अयोग्य भएपछि एथ्लेटिक्समा लागेकी हुन्। काठमाडौँमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर दौड सुरु गरेकी उनले उक्त खेल क्षेत्रको अन्तर्राष्ट्रिय यात्रा भने इटलीबाट सुरु गरेकी हुन्। त्यसलगत्तै हङ्कङ र फ्रान्समा भएका अल्ट्रा म्याराथन पनि उनले जितेकी थिइन्। उनले पछिल्लोपटक फ्रान्समा ‘मोन्ट ब्लाङ्क’ नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन जितेपछि अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ बनाएकी हुन्।
Comments
अरु समाचार
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, टिममा पाँच परिवर्तन
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान...
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...