कर्म : औषधी खाए जस्तै पुस्तक
काभ्रे । ‘यो पुस्तकले औषधी खाए जस्तै लाग्यो,’ कान्तिपुर दैनिकमा कार्यरत पत्रकार दामोदर न्यौपानेको दोस्रो कृति कर्म : सिकाइमा गहिरिएको खाडलमाथि चर्चा गर्दै संचारकर्मी जीवन पराजुलीले प्रतिक्रिया दिए, ‘यो पुस्तक पढ्दा पढ्दै मान्छेमा परिवर्तन आउँछ । यसमा समस्या देखाइएको छ । समस्यासंगै समाधान पनि छ । यसले लक्ष्य निर्धारण गर्न सिकाउँछ ।’
जिल्ला बालक्लब संजाल काभ्रेले आइतबार धुलिखेलमा आयोजना गरेको कर्म संवाद कार्यक्रममा बालबालिका, बाल अभियन्ता र बालबालिका क्षेत्रमा कार्यरत सहभागीले पुस्तक बालबालिकाको आवाज बनेर आएको प्रतिक्रिया दिए । चाह्यो भने परिवर्तन संभव छ भन्ने सन्देश पुस्तकले दिएकाले यो प्रेरणादायि पुस्तकको कोटीमा पर्ने पराजुलीले प्रतिक्रिया दिए । ‘केही ग¥यो भने अटिजम जस्तो समस्या भएका बालबालिकामा त परिवर्तन आउदो रहेछ,’ उनले भने, ‘झन् सामान्य बालबालिकामा त धेरै परिवर्तन ल्याउन सकिन्छ ।’
जिल्ला बालक्लब संजाल सिन्धुपाल्चोककी पूर्व अध्यक्ष सफलता भण्डारीले पुस्तक बालबालिकाको सवाल प्रभावकारी रुपमा उठाएको बताइन् । ‘हामी बोलेर आवाज उठाउदै आएका थियौं,’ भण्डारीले भनिन्, ‘न्यौपानेले हामीले बोल्दै आएको विषय लेखेर आवाज उठाउनु भयो । किताब बनेर आयो हाम्रो आवाज । बोलेको भन्दा लेखेको प्रभावकारी हुन्छ ।’
बालबालिकाले आम रुपमा भोग्दै आएका समस्या पुस्तकमा उठाएको उनले बताइन् । ‘पुस्तक पढ्दै जाँदा यो मेरै ठाउँका कुरा हुन् । मेरै घरका समस्या हुन् । मेरै भाइबहिनीका विषय हुन् जस्तो अनुभूति हुन्छ,’ भण्डारीले भनिन्, ‘हामीले साना साना कुरा याद गरेका हुँदैनौं । साना साना कुराले समस्या भइरहेको हुन्छ । यो पुस्तकमा साना साना कुरालाई मिहिन ढंगले केलाइएको छ । बालबालिकाको क्षेत्रमा खटिरहेका हामी जस्तालाई पनि झक झकाउने राम्रो बाटो बनाइदिएको छ यो पुस्तकले ।’
पुस्तकका पात्र तथा काठमाडौं जिल्ला बालक्लब संजालका अध्यक्ष राजाराम बस्नेतले पुस्तकले बालबालिकालाई आफ्नो आवाज प्रभावकारी रुपमा उठाउन सिकाएको प्रतिक्रिया दिए । ‘हामीले समस्या व्यहोरेका हुन्छौं तर त्यसलाई कसरी भन्ने भनेर थाहा पाएका हुदैनौं,’ उनले भने, ‘यो पुस्तक पढेपछि हाम्रा आवाज यसरी उठाउनु पर्ने रहेछ भनेर सिकाउ“छ ।’ पुस्तकमा बालबालिकालाई असल बनाउने के के गर्नु पर्छ भनेर सबै कुरा समेटिएको उनले बताए ।
बालक्लब संजाल भोजपुरका अध्यक्ष लक्ष्मण चौहानले पुस्तक जिल्लाका सबै ५४ गाविस र २ नगरपालिकामा अनि सबै वडा वडामा पु¥याउने बताए । ‘बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न यो पुस्तक पढ्नै पर्छ,’ चौहानले भने, ‘यो पुस्तक बालबालिकाको सान बनेर आएको छ । बालबालिकाको आवाज अस्ताउ“दो सूर्य हुँदै गएको थियो । यो पुस्तकले अब बालआवाज उदाउ“दो सूर्य बनाइदिएको छ ।’
बालक्बल संजाल काठमाडौंकी सदस्य सोनी भट्टराइले पुस्तक पढेर आफूले अटिजमबारे थाहा पाएको प्रतिक्रिया दिइन् । स्नायु र नशाको विकासमा आउने समस्याले गर्दा आइपर्ने समस्या अटिजम हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक एक सय जनसंख्यामा १ जना अटिजम छन् । यसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा भयंकर संकट भनेर घोषणा गरेको छ । ‘यस्तो भयंकर समस्याबारे हामीलाई थाहा रहेनछ,’ उनले भनिन्, ‘यो पुस्तकले अपांगतालाई हेर्ने हाम्रो दृष्टिकोण पनि बदलिदिन्छ ।’
जिल्ला बालक्लब संजालका अध्यक्ष रन्जन पौडेलले पुस्तकले बालबालिका र बालअभियन्ताले उठाएको आवाजमा होस्टेमा हैंसे गरेको प्रतिक्रिया दिए ।
पुस्तकका लेखक न्यौपानेले भोलिको लागि असल नागरिक कसरी बनाउने भनेर एउटा अभियानको रुपमा पुस्तकले लेखेको बताए । ‘भोलि कस्तो बनाउने भनेर योजना बनाउन आज बालबालिकाको बिचमा जानु पर्छ । आज बालबालिकाको सिकाइ राम्रो भयो भने मात्रै भोलिका नागरिक असल हुने हुन्,’ न्यौपानेले भने, ‘तर बालबालिका हेपिएका छन् । उनीहरुको आवाज सुनिंदैन । उनीहरुलाई केन्द्रमा राखिंदैन । उनीहरु के चाहन्छन भनेर बुझिंदैन । बालबालिकालाई महत्व दिइन्छ, माया गरिन्छ तर हेपिन्छ । बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ ।’
बालक्बल संजालका पूर्व अध्यक्ष संजीवन न्यौपानेले पुस्तक समाजका हरेक वर्गले पढ्नु पर्ने प्रतिक्रिया दिए । ‘बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने ? मनोविज्ञान बुझेर अभिभावकले आफ्ना बालबच्चालाई कसरी हुर्काउने भनेर सुक्ष्म तरिकाले अध्ययन गरेर तयार पारिएको छ पुस्तक,’ न्यौपानेले भने, ‘यसले बालमैत्री ढंगले व्यवहार गर्न सिकाउछ । बालबालिकालाई समाज बुझ्न प्रेरित गर्छ ।’
Comments
अरु समाचार
-
पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु
काठमाडौं । धनुषा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा...
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव असार १७ गते विविध रचनात्मक कार्यक्रम गरि भव्यताका साथ मनाएको छ...
-
कैलालीमा बाढीले बगाउँदा एकजनाको मृत्यु
काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिकामा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा–११ की २० वर्षीया...
-
आजको राशिफल: ०८१ असार २० गते बिहीवार
मेष : पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
आजको राशिफल:२०८१ असार १९ गते बुधवार
मेषःनियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ। प्राथमिकताका...
-
विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी...
-
पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका...
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...