पूर्वराजा ज्ञानेन्द्र शीतलनिवासमा,राष्ट्रपतिकी छोरीको बिहेमा सरिक
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेका लागि निम्ता पाएका पूर्वराजा ज्ञानेन्द्र शाह शीतल निवास छिरेका छन्।
राष्ट्रपति भवनमै भण्डारीकी छोरी निशाकुसुमको बिहे हुने भएको हो। उनका दुलाहा अभिशेष यादव पूर्वराष्ट्रपति रामवरण यादवका नाति हुन्।
शीतलनिवासमा यति बेला चहलपहल बढेको छ तर सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ। बिहेका लागि पूर्वराजा ज्ञानेन्द्रलाई पनि विवाह समारोहमा भाग लिन निमन्त्रणा गरिएको थियो।
लोकतन्त्रपछि राजदरबारको गद्दीबाट हटाइएका ज्ञानेन्द्र गणतन्त्र स्थापनापछि राष्ट्रपति भवन प्रवेश गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
विवाह समारोहमा विभिन्न दलका नेताहरु, नेपाली सेना तथा प्रहरीका उच्च अधिकारीहरु, विभिन्न देशका राजदूतहरु, कूटनीतिक नियोगका पदाधिकारीहरु लगायतको सहभागिता छ।
Comments
अरु समाचार
-
पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु
काठमाडौं । धनुषा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा...
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव असार १७ गते विविध रचनात्मक कार्यक्रम गरि भव्यताका साथ मनाएको छ...
-
कैलालीमा बाढीले बगाउँदा एकजनाको मृत्यु
काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिकामा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा–११ की २० वर्षीया...
-
आजको राशिफल: ०८१ असार २० गते बिहीवार
मेष : पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
आजको राशिफल:२०८१ असार १९ गते बुधवार
मेषःनियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ। प्राथमिकताका...
-
विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी...
-
पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका...
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...