१ अर्बको आवास गृह अमेरिकास्थित नेपाली दूतावासले किन्दै
![](http://news-nepal.com/wp-content/uploads/2017/02/timthumb-2.jpg)
वासिंटनडीसी । अमेरिकास्थित नेपाली दूतावासले आवासका लागि वासिंटनडीसीस्थित दूतावासको २० मिनेटको दुरी भित्र १ अर्व रूपैयाको आवास किन्ने प्रकृया अगाडि बढाएको छ। नेपाल सरकारसँग वासिंटनडिसीमा हाल एक दूतावासको कार्यालय र एक आवास भवन छन्। अर्को सुविधा सम्पन्न आवासका लागि दूतावासले खरिद प्रकृया अगाडि बढाएको हो।
दूतावासले १० हजार वर्गफिट भित्र बनेको ६ वटा बेड रूम, २ सय जनाका अट्ने रिसेप्सन हलसहितको अत्याधुनिक भवन खरिदका लागि बोलपत्र आवह्रान गरेको छ। नयाँ भवनमा मिडिया रूमसमेत हुनुपर्ने जनाइएको छ।
यसअघि तत्कालिन अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माको पालामा पनि आवास किन्ने प्रकृया अगाडि बढाइएको थियो। क्यानडा, अमेरिका र युएनको दूतावास खरिदका लागि कमिटी समेत बनाइएको थियो। तर, खरिद प्रकृया अगाडि बढेको थिएन। ‘झन्झटिलो प्रकृया थियो। पैसा निकास गर्न पनि अफ्ट्यारो भएका कारण किन्ने प्रकृयासम्म पुगेकै थिएनौ,’ डा. शंकर शर्माले बताए।
दूतावासको कार्यालय रहेको भवन पुरानो र बिशिष्ट ब्यक्तिहरूलाई आमन्त्रण गर्न समेत लाजमर्दा भएको भन्दै तत्कालिन अमेरिकाका लागि नेपाली राजदूत शुरेस चालिसेले कार्यालय भवन किन्नुपर्ने प्रस्ताव नेपाल सरकारलाई गरेका थिए।
‘यो भन्दा पहिले बरू कार्यालय नै किनौ भन्ने प्रस्ताव आएको थियो। यसपाली आवास किन्ने भनेर प्रस्ताव आयो। ८ मिलियन देखि १० मिलियन डलर लाग्ने प्रस्ताव आए लगत्तै अर्थले बजेट निकास गरेको थियो। परराष्ट्रले दूतावासलाई प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो,’ नेपालस्थित परराष्ट्र मन्त्रालयका एक अधिकारीले खरिद प्रकृया अगाडि बढेको पृष्टि गर्दै भनेका छन्।
यसबारे अमेरिकास्थित दूतावाससँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेको छैन। अहिले दूतावासमा ७ जना डिप्लोम्याट तहका कर्मचारी, तीन जना चालक र तीन जना सहायक कर्मचारी गरी जम्मा १३ जना कर्मचारी कार्यरत छन्।
‘अमेरिकामा आवास किन्ने योजना सुरू गरेको एक दशक बिते पनि कसैले आँट गर्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘कमिसनका कुरा मुछिएपछि अहिलेसम्म आवास किन्ने कुरा अगाडीl बढेको थिएन।’
तत्कालिन राजदूत शंकर शर्माले पनि प्रकृया अगाडीl बढाउन खोजे पनि क्यानाडाका तत्कालिन राजदूत भोजराज घिमिरेले ‘अखित्यारको लफडा आइपर्छ नगरौँ’, भन्ने सल्ला लगत्तै प्रकृया अगाडी बढेको थिएन।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा हाल बस्ने गरेको घरको मुल्य ७० लाख डलर को हो। नेपाली दूतावासले किन्ने भनिएको आवासको मुल्य १ करोड डलर हो।
Comments
अरु समाचार
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४...
-
बुहारीले लगाइदिइन् ससुराको गोठमा आगो
काठमाडौं । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित...
-
युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ...
-
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...