निर्वाचन हुनेमा शङ्का नगरौँ : प्रधानमन्त्री
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर समयमा निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्काभन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गर्नुभएको हो ।
“सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो प्रधानमन्त्रीले भन्नुभयो ।”
उहाँले आधुनिकीकरणको जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने बताउनुभयो ।
आफू कर्णालीमा पुग्दा पनि बूढाबूढीले समेत हातमा सेल फोन लिएको फोटो खिचेको देख्दा नेपालीहरु केही जान्दैनन् वा अशिक्षित छन् भनेर भन्नु नेपालीले नै नजरअन्दाज गरेको जस्तो लाग्ने भएकाले विद्युतीय प्रणालीको मतदानलाई जनताले ग्रहण गर्न सक्ने प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
उहाँले आयोगले आउने स्थानीय निर्वाचनदेखि नै मुलुकभर विद्युतीय मतदान प्रणालीको सम्भावनाबारे अन्तर्राष्ट्रिय कम्पनी र प्राविधिकसँग परामर्श गरिरहेको छ । सो क्रममा आज स्मार्टम्याटिक नामक धेरै पार्टी र उम्मेदवारलाई समावेश गर्न सकिने नयाँ मेसिनबारे नमुना प्रस्तुतिकरण गरिएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले विश्वव्यापी रुपमा विद्युतीय मतदान प्रणाली लागू भइसकेको अवस्थामा नेपालमा यसको कार्यान्वयन गर्न अति आवश्यक भएकाले दीर्घकालीन रुपमा यसबाट कम खर्च लाग्ने उल्लेख गर्नुभयो । रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । आज शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर संसदबाट...
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा...
-
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल...
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा...