निर्वाचनले आन्तरिक उडानमा कटौती
काठमाडौँ, २१ मंसिर । निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ ।
निर्वाचनका बेला सवारीसाधन चलाउन नपाइने भएको र मतदान पनि परेकाले आज सीमित उडान रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता धनश्याम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र पोखरा, लुक्ला लगायतका स्थानमा पर्यटक ल्याउन र दुर्गमका केही जिल्लामा कार्गो उडान मात्र भइरहेको छ ।
आज आन्तरिक उडानतर्फ बढीमा ३० वटा उडान मात्र रहेका छन् । सामान्य अवस्थामा दैनिक १५० उडान हुँदैआएको छ । हाल होलिकोप्टरसहित १८ वटा निजी वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । यता अन्तर्राष्ट्रिय उडानतर्फ भने सामान्य अवस्थामा उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार आज आन्तरिककतर्फ ८० प्रतिशतसम्म उडान कटौती भएको छ । अहिले २८ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...