आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जिडिपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने
काठमाडौं, १६ जेष्ठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिए ।
भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, निजगढको विमानस्थललाई स्तरोन्नति गरी तीन वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, धनगढी, विराटनगर र जनकपुरमा क्षेत्रीय विमानस्थल बनाइने, सन् २०२० भित्र २० लाख पर्यटक भित्र््याइने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताए ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको बताउँदै पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउने योजनाबीच तालमेल नहुने चर्चा गर्दै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिए ।
स्थनीय र प्रादेशिक तहका करको अधिकार प्रदेश र स्थानीय सरकारमै भएको अवस्थामा राजश्व बाँडफाँट गर्नुपर्ने हुँदा संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने उनको भनाइ थियो ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गरे ।
संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै उहाँले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने औँल्याए ।
संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए ।उनले भने,“संघीयता अनुसारको बजेट भएन, प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारमा प्रष्ट पार्नुपथ्र्यो ।”
राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार व्यक्त गरे ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...