पुर्व मिस नेपाल निकिता चण्डकको डेब्यू फिल्म ‘रानीमहल’ को सुटिङ रद्द, २५ प्रतिशत छायांकनमै डेढ करोड झ्वाम !
काठमाडाैं ८, असार । पुर्व मिस नेपाल निकिता चण्डकले डेब्यू गर्न लागेको फिल्म ‘रानीमहल’ छायांकन पुरा नगरेर सुटिङ स्थलबाट काठमाडाैं फर्केको छ ।
पाल्पाको रानीमहलमा छायांकन भइरहेको चलचित्र आर्थिक समस्याका सुरु भएपछि अनिश्चितकालिन सुटिङ स्थगित गरेर सुटिङ युनिट काठमाडौं फर्केको हो ।
फिल्मको हालसम्म २५ प्रतिशत मात्रै छायांकन सकिएको निर्माण टिमका एक सदस्यले बताए । २५ प्रतिशत छायांकनमा निर्देशकले ३७ दिन लगाएका छन् । निर्देशक हिमाल न्यौपाानेले यो कुरा घुमाउरो पाराले स्विकार गरे । सामान्यतः ३७ दिन भनेको नेपाली फिल्मको ‘अलमस्ट’ सबै छायांकन सकिने समय हो ।
तर अपत्यारिलो कुरा फिल्म निर्माण घोषणाको समयमा मिडियामाझ बोलिएको डेढ करोड बराबरको बजेट २५ प्रतिशत छायांकनको समयमा नै सकिएपछि निर्माण टिममा लफडा सुरु भएको हो ।
निर्माता (वेदप्रसाद) विमल भुषाल निकट श्रोतका अनुसार हालसम्म १ करोड ६० लाख रुपैयाँ ‘रानीमहल’ सेटमा खर्च भइसकेको छ । भुषालले निर्देशक न्यौपानेले अनावश्यक रुपमा पैसा सकाएको भन्दै अब फिल्मको बाँकी काम आफुले अघि बढाउन नसक्ने बताएका छन् । निर्माताको यो कुरा सुन्दै गर्दा फिल्मको अबको छायांकन अनिश्चित बनेको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...