सडकले आतंक बढायो
ताप्लेजुङ १, साउन । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे ।
तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् ।
एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम हुँदैन तपाईंहरु ढुक्क हुन, हामी बस्ती जोगाएर खन्छौँ भन्दै धमाधम बाटो निर्माण गर्न थाले तर अहिले बस्ने अवस्था नरहेपछि बसाइँ नै छोड्नुपर्यो”, विस्थापित बनेका कमल सिन्च्युरीले भनेका ।
गाउँमा भएको विकासलाई रोक्न नसकेका उनीहरुले बाटो निर्माण हुँदै गर्दा बस्तीमा नै ठूलठूला ढुंगा झर्न थालेका कारण नजिकको जंगलमा गएर पाल टाँगेर बसेका थिए । बाटो खनिसकेपछि घरमै गएर बसौँला भनेका उनीहरु घर फर्केर बस्न सकेनन् । सडक निर्माण गर्नुअघि जनप्रतिनिधि र उपभोक्ता समितिले यदि क्षति हुने अवस्था आए केही विकल्प सोचौँला भने पनि निर्माणपछि भने आफूहरुको कुरा सुन्दैनसुनेको अर्का पीडित कमल विकले बताए ।
यता तीन महिनाअघि घरकै परिसरमा सडक पुग्दा हर्षित बनेका खेवाङकै उद्योग अधिकारी अहिले त्यही सडककै कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको छ । सडक खनिएकै कारण माथिबाट झर्ने पहिरोले घर जोखिममा परेपछि वर्षौंदेखि बस्दै आएको घरमा उनलाई असुरक्षित भएको महसुस हुन थालेको छ । अधिकारीले भने, “जोखिम हुँदाहुँदै पनि हिउँदमा सडक खनियो, अहिले वर्षा शुरु भएसँगै माथिबाट झरेको पहिरोले बसिनसक्नु भएपछि बसाइँ सर्नुपर्ने अवस्था आइसक्यो, वर्षा भएका बेला रातभर ढुक्कसँगले सुत्न पनि पाइँदैन ।”
यस्तै सोही ठाउँका पूर्णबहादुर लिम्बू पनि सडककै कारण घर छाडेर हिडे । टिनको छानो लगाइएका दुई वटा घर जोखिममा परेपछि छाडेर नजिकै छिमेकीको मतानमा गएर बस्नुभएको छ । सडक खन्दा खसेको ढुंगा र माटोले बारी पुरेपछि उनको कमाइ गर्ने ठाउँसम्म पनि रहेन । यी त एक क्षेत्रका उदारणमात्र हुन् ।
पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा खनिएका सडकले स्थानीयवासीलाई उठीबास लगाउनाका साथै विचल्लीसमेत बनाएको छ । अहिले जनप्रतिनिधि आएपछि सडक निर्माणले तीव्रता पाएको छ तर जोखिमलाई बेवास्ता गरी सडक निर्माण गरिएपछि यस्तो अवस्था सिर्जना भएको स्थानीयवासीको आरोप छ । सम्भावित जोखिमलाई वास्ता नगरी जताततै सडक खनेकाले यस्तो अवस्था आएको सिरिजंघास्थित तेल्लोकका लक्ष्मी भट्टराईले बताए । सोझासाझा स्थानीयवासीले जग्गा दिएको भरमा उसलाई भोलिका दिनमा हुने क्षतिको वास्ता नगरी सडक निर्माण गरिँदा समस्या आएको उनको भनाइ थियो ।
हिउँदभर खनिएका सडकमा केही दिन सवारी साधन गुडे पनि बर्खा लाग्दै ती सडक खोल्सामा परिणत भएका छन् । कतिपय क्षेत्रमा सर्वेक्षण गरिएभन्दा बाहिर गएर पनि सडक निर्माण गरिएको स्थानीयवासीले बताए । ग्रामीण क्षेत्रमा प्रायः स्काभेटरको प्रयोगमा सडक निर्माण हुने गरेकाले पनि आफूहरु मारमा परेको स्थानीयवासीको आरोप छ ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...