बसाइँ सरी आउनेले पाँच लाख अनुदान पाउँने
तेह्रथुम २१,साउन । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ।
गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा पाँच लाख रूपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो। ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ।
पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए।
गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र सहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको भनाइ छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट तत्कालका लागि रु १० लाख बजेट व्यवस्था गरेको छ। कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने तयारी गरेको छ।
तत्कालीन आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० मात्रै रहेको छ।
गाउँपालिकाले कृषि र पर्यटनलाई लक्षित गरी व्यावसायिक वातावरण बनाउन प्रयत्न गरिएको जनाएको छ। यो क्षेत्रमा अहिले पनि तरकारी र दूध आम्दानीको राम्रो स्रोत बनिरहेको छ। यसबाहेक शैक्षिक र अन्य साना व्यावसायिक क्षेत्रमा समेत लगानीको पर्याप्त सम्भावना रहेको गाउँपालिकाले जनाएको छ।
Comments
अरु समाचार
-
सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन्।...
-
सुनको मूल्य सुन एक सय रुपैँयाले वृद्धि
काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सुन एक सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
नेप्से परिसूचक दोहोरो अंकमा वृद्धि
काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज परिसुचक १५.४६ अंकले बढेर दुई...
-
सुनको मूल्य १६ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १...
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...