ताजा समाचार

नेप्से परिसूचक दोहोरो अंकमा वृद्धि

काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज परिसुचक १५.४६ अंकले बढेर दुई हजार एक सय १९.६९ अंकमा कायम भएको हो।

आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता सेयर ८४ हजार एक सय २६ पटक खरिद–बिक्री हुँदा रु। ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ। आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ।

बैंकिङ ०.४८, होटेल तथा पर्यटन १.७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बिमा १.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ।आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु। तीस करोड नौ लाख चार हजार ६ सय ९४ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने एनआइसी एसिया ब्यालेन्स फन्डको ३५ लाख एक हजार दुई सय कित्ता सेयर किनबेच भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org