काठमाडौंमा २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन शुरु
सेयरको समेत बीमा हुनुपर्छः अर्थमन्त्री खतिवडा
९ असोज, काठमाडौं । २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुइदिन सम्म चल्ने सम्मेलनको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अब सेयरको समेत बीमा हुनु पर्ने धारणा व्यक्त गरे ।
अर्थमन्त्री खतिवडाले नाफा कमाउने भन्दै बीमा कम्पनीहरुले पुँजी बजारमा प्रवेश गर्नु भन्दा पनि पुँजी बजारमा भएको पुँजीको समेत बीमा कम्पनीहरुले बीमा गर्नु पर्ने बताए । ‘पुँजी बजारमा जोखिम पनि छ’, अर्थमन्त्री खतिवडाले भने, ‘जोखिम बोक्ने बीमा कम्पनीको काम नै हो यसर्थ पुँजी बजारमा भएको पुँजीको समेत बीमा गरिनु पर्छ ।’ अन्तर्राष्ट्रिय स्तरमा पनि सेयरको बीमा हुने गरेको उनले बताए ।
पछिल्लो समय विश्वमै साइबर अपराध बढ्दै गएको भन्दै उनले बीमा क्षेत्रमा हुने साइबर अपराधलाई रोक्ने किसिमको प्रविधि भित्राउने पर्ने समेत बताए । बीमा सम्मेलन नेपालमा आयोजना हुनु खुसीको कुरा भएको भन्दै अर्थमन्त्री खतिवडाले सम्मेलन सफलताको कामना गरे ।
उद्घाटन शत्रमा समापन मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले लामो धेरै लामो समय पछि नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन आयोजना गर्न पाएको भन्दै खुसी व्यक्त गरे । २१ औं सम्मेलनले एआईआरडीसीमा आवद्ध मुलुकहरुको बीमा बजार सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंका गभर्नर डा. चिरञ्जीवि नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की समेतको उपस्थिति थियो । सम्मेलनमा बीमा तथा पुनर्बीमा क्षेत्रका समस्या र समाधानका विषयमा विविध छलफल हुने बताइएको छ ।
सम्मेलनमा सहभागी हुन १८ मुलुकका ३ सय बढी प्रतिनिधिहरु काठमाडौं आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बुधबार समापन हुने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन्।...
-
सुनको मूल्य सुन एक सय रुपैँयाले वृद्धि
काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सुन एक सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
नेप्से परिसूचक दोहोरो अंकमा वृद्धि
काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज परिसुचक १५.४६ अंकले बढेर दुई...
-
सुनको मूल्य १६ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १...
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...